जनता टाइम्स

९ जेष्ठ २०७६, बिहीबार ११:०३

‘श्रम सम्बन्धमा आएको सुधारले नेपालमा लगानीको वातावरण’


काठमाण्डौं, जेठ ९

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणास“ग नेपाल भ्रमणमा रहनु भएकी अन्तराष्ट्रिय श्रम संगठनका सहायक महानिर्देशक एवं एशिया प्रशान्त क्षेत्रिय निर्देशक तोमोको निसिमोतोले महासंघ सचिवालयमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

सो अवसरमा महासंघका अध्यक्ष राणाले क्षेत्रिय निर्देशक निसिमोतोको स्वागत गर्नुहु“दै श्रम सम्बन्धमा आएको सुधारले नेपालमा लगानीको वातावरण बनेको जानकारी गराउनु भयो । नयां श्रम ऐन र योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनको पहल भइरहेको उल्लेख गर्दै अध्यक्ष राणाले महासंघले श्रम क्षेत्रको सुधारका साथै मुलुकको आर्थिक विकास र रोजगारी सृजना गर्न सरकार र ट्रेड यूनियनसंगको सहकार्य र संवादलाई महत्व दिई काम गरिरहेको बताउनुहुँदै आईएलओ मार्फत थप कार्यक्रमका साथै सहयोगको आग्रह गर्नुभयो ।

उक्त भेटवार्ताका अवसरमा महासंघको रोजगारदाता परिषदका सभापति एवं उपाध्यक्ष चन्द्र प्रसाद ढकालले रोजगारदाता परिषदले आइएलओको सहयोगमा श्रम ऐन र योगदानमा आधारित सामाजिक सुरक्षा योजना वारे जानकारी दिंदै सातवटै प्रदेशमा कार्यक्रम संचालन गरिरहेको र प्रदेशमा श्रम सम्बन्धी थप कार्यक्रम गर्न प्रदेश कार्यालयको क्षमता विकास आवश्यक भएकोले यसतर्फ आइएलओको सहयोग महत्वपूर्ण हुने बताउनु भयो ।

सो अवसरमा सहायक महानिर्देशक निसिमोतोले नेपालको श्रम सम्बन्धको स्थिति र आर्थिक एवं सामाजिक विकास तर्फ भईरहेका प्रयास वारे जिज्ञासा राख्नहुँदै विश्वमा द्रुत गतिमा भएको परिवर्तनलाई आत्मसाथ गर्दै निजी क्षेत्रले आफ्नो भूमिकालाई थप प्रभावकारी बनाउनु पर्ने सुझाव दिनुभयो । साथै श्रम वजारको आवश्यकता अनुसार व्यवसायिक सीप र ज्ञान भएको जनशक्त्तिको उत्पादनमा जोड दिनुपर्ने उहांको सुझाव थियो ।