जनता टाइम्स

९ जेष्ठ २०७६, बिहीबार १३:४३

झाँक्री हत्याकाण्डका २६ जनालाई कैद फैसला


धादिङ, जेठ ९

गङ्गाजमुना गाउँपालिका–२ लताबमा दुई झाँक्रीको हत्या गरेको आरोपमा धादिङ जिल्ला अदालतले २६ जनालाई कारागार सजाय सुनाएको छ । धादिङ जिल्ला अदालतका न्यायाधीश प्रकाश ढुङ्गानाको इजलासले बुधबार सो सजाय सुनाउँदै चार जना महिलालाई भने सफाइ दिइएको छ ।

३४ वर्षीय जितबहादुर तामाङ, ४९ वर्षीय भिमबहादुर तामाङ, ३६ वर्षीय मेमबहादुर तामाङ, ४४ वर्षीय टाडोङ तामाङ, २५ वर्षीय मङ्गले तामाङ, ३४ वर्षीय बमबहादुर तामाङ, २७ वर्षीय विशाल तामाङ, ३८ वर्षीय रामबहादुर तामाङ, अर्का ३६ वर्षीय रामबहादुर तामाङ, १८ वर्षीय अमित तामाङ र अर्का २३ वर्षीय विशाल तामाङलाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३ (३) बमोजिम जन्म कैद गर्ने फैसला गरिएको जिल्ला अदालतका श्रेस्तेदार नवराज दङ्गालले बताउनुभयो ।