जनता टाइम्स

९ जेष्ठ २०७६, बिहीबार १७:२२

१ वर्ष भित्रै काठमाण्डौंमा पानी ल्याउने गरी मेलम्ची आयोजना मल्टिपल प्याकेजमा जाने


काठमाडौं, जेठ ९

लामो समय अलमलमा परेको मेलम्ची खानेपानी आयोजना अगाडी बढ्ने भएको छ । जेठ ६ गते बसेको मन्त्रीपरिषको बैठकले आयोजनाको बाँकी काम तत्काल सम्पन्न गर्ने निर्णय गरेको हो ।

हेडवर्कस् तथा सुरुङ्ग निमार्ण कार्यलाई छिटो अगाडि बढाउन मेलम्ची खानेपानी आयोजनालाई जिम्मा दिएको छ । सरकारका प्रवक्ता गोकुल प्रसाद बास्कोटाले मेलेम्ची आयोजनाको कारण सरकार बदनाम भएको भन्दै सरकार छिटो आयोजना बनाउन चाहेको बताउनु भयो । अब आयोजनाको छिटो सक्नेगरी फेरी टेन्डर आब्हान हुने बताउनु भएको छ ।

आयोजनाले कुन काम कतिखेर गर्ने, कति जनशक्ति आवश्यक पर्छ लगायतका कामहरु सबै तयार भईसकेको छ ।

आयोजनाले फास्ट ट्रयाक मार्फत अगाडी बढाउने गरी मल्टिपल प्याकेजमा जाने जानकारी दिएको छ । आयोजनाका अनुसार एउटै प्याकेजमा जाँदा मेलम्चीको पानी काठमाडौं आईपुग्न करिब ३ बर्ष भन्दा माथी समय लाग्ने देखिए पछि मल्टिपल प्याकेज मार्फत जाने तयारी गरेको हो ।