जनता टाइम्स

१५ असार २०७७, सोमबार १६:२५

पछिल्लो २४ घण्टामा थपिए ४७६ कोरोना संक्रमित, कुल संक्रमित संख्या १३२४८ पुग्यो


काठमाडौं, असार १५ । नेपालमा पछिल्लो २४ घण्टामा ४ सय ७६ जना कोरोना संक्रमित थप भएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज आयोजित नियमित कोभिङ १९ प्रेस बिफिङमा दिनुभएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ४ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा पुष्टि भएका कोरोना संक्रमतिमा काठमाडौं र भक्तपुर निवासीसमेत रहेका छन । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १३२४८ पुगेको छ । प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा १ सय २१ जनाले कोरोजालाई जितेका छन । डिष्र्चाज हुनेमा झापा, पर्सा, सर्लाही, धनुषा, सिरहा, कास्की, म्याग्दी, पर्वत, स्यांजा, तनहु, नुवाकोट, बाँकेका छन ।