Untitled Document

नयाँदिल्ली उडानको तयारीसँगै स्तोरन्नति हुँदै नेपालगञ्ज विमानस्थल 

नेपालगञ्ज, असोज ४

नेपालगञ्जबाट भारतको राजधानी नयाँदिल्ली हवाई उडानको तयारीसँगै नेपालगञ्ज विमानस्थलको स्तरोन्नति प्रक्रिया अघि बढाइएको छ । सकेसम्म चाँडो दिल्ली उडानका लागि आवश्यक पूर्वाार निर्माणको काम अघि बढाइएको हो ।

अहिले नेपालगञ्ज विमानस्थलमा टर्मिनल, पार्किङ, प्रतिक्षा कक्ष र व्यवस्थित खाजा घरको निर्माण भइरहेको छ । अन्तर्राष्ट्रिय र आन्तरिक ‘टर्मिनल’, ठूला जहाजका लागि पश्चिममा ३०० र पूर्वतिर २०० मिटर धावनमार्ग बनाउने तयारी भएको नागरिक उड्डयन कार्यालय नेपालगञ्जका निर्देशक प्रेमनाथ ठाकुरले जानकारी दिनुभयो ।

विमानस्थल स्तरोन्नतिका लागि ढाँचा बनाउने काम भइरहेको उहाँको भनाई छ । दुई महिनामा यो काम सकिएपछि बोलपत्र प्रक्रिया अघि बढ्ने निर्देशक ठाकुरले जानकारी दिनुभयो । यसैगरी, विमानस्थल क्षेत्रमा नेपाली सेनाले सञ्चालन गर्दै आएको खाजा घर समेत खाली गराइएको छ ।

त्यहाँ प्रतिक्षालय कक्ष र व्यवस्थित खाजाघर बनाउने निर्देशक ठाकुरले जानकारी दिनुभयो ।

September 20, 2018मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *