Untitled Document

मुलुकको अर्थतन्त्रको बलियो आधार नै पर्यटन : मन्त्री यादव

काठमाडौँ, ५ असोज  

उपप्रधानमन्त्री उपेन्द्र यादवले मुलुकको अर्थतन्त्रको बलियो आधार नै पर्यटन क्षेत्र भएको बताउनुभएको छ । देशको अद्वितीय पर्यटकीय सम्पदा र विविधताको संरक्षण र भौतिक विकास गरी पर्यटन प्रवद्र्धनमा जोड दिर्दै पर्यटनका क्षेत्रमा प्रचारप्रसार गर्दै आएको सञ्चारमाध्यम गन्तव्य नेपाल ग्रुपले प्रकाशन गरेको ‘टुरिज्म बिजनेश डाइरेक्टरी’को आज यहाँ विमोचन गर्दै उपप्रधानमन्त्री यादवले भन्नुभयो, मुलुकको अर्थतन्त्रको बलियो आधार पर्यटन क्षेत्र नै भएकाले उपलब्ध स्रोतसाधनको भरपूर उपयोग गरी पर्यटन विकासमा जुट्नुपर्ने खाँचो छ ।

उहाँले मुलुकको आर्थिक विकास, राष्ट्रिय सुरक्षा र अन्तर्राष्ट्रिय सम्बन्धको विषयमा राष्ट्रिय सहमति अपरिहार्य भएको उल्लेख गर्नुभयो । सो अवसरमा पर्यटन लाइफ टाइम एचिभमेन्ट अवार्डबाट राजन थापा र टुरिष्ट भेहिकल एक्सलेन्ट अवार्डबाट रामहरि शर्मालाई सम्मान गरियो ।

त्यसैगरी पर्यटन क्षेत्रमा लामो समयदेखि कलम चलाउने पत्रकार ‘राष्ट्रिय समाचार समिति’का कार्यकारी सम्पादक विकास लोहनी, ‘नेपाल टेलिभिजन’का सम्पादक राजु सिलवाल, ‘गोरखापत्र’का सहसम्पादक शरदराज सुवेदी, ‘राजधानी’ दैनिकका मधुजङ्ग पाण्डे, ‘मेघा टेलिभिजन’की कल्पना महर्जन, रातोपाटीका सुजन पन्तलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता अर्जुननरसिंह केसीले अहिलेको शक्तिशाली सरकारले संयोजनकारी भूमिकामार्फत मुलुकलाई समृद्धिको दिशातर्फ लैजानुपर्ने धारणा राख्नुभयो । गन्तव्य ग्रुपका अध्यक्ष शिव अधिकारीले पर्यटन क्षेत्रका गतिविधिलाई आफ्नो सञ्चारमाध्यमले प्राथमिकताका साथ उजागर गर्दै आएको बताउनुभयो ।

September 21, 2018मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *