जनता टाइम्स

२३ असार २०७७, मंगलवार १४:४९

अस्पतालको बदमासी बढेपछि स्वास्थ्य मन्त्रालयले चाल्यो कठोर कदम : दियो यति कडा निर्देशन


काठमाडौं, असार २३

गर्भवती र सुत्केरीलाई प्राथमिकतामा राखी कोरोना परीक्षण गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पताल तथा प्रयोगशालाहरुलाई निर्देशन दिएको छ । मन्त्रालयका सहसचिव सैलजा रेग्मी भट्टराईले आजको सचिव स्तरीय बैठकबाट यस्तो निर्णय भएको जानकारी दिनुभयो ।

उहाँले संक्रमणबाट गर्भवती र सुत्केरीहरु समेत प्रभावित भइरहेकाले अस्पताल र प्रयोगशालामा कुनैपनि गर्भवती वा सुत्केरी महिलाको कोरोना परीक्षणका लागि स्वाब संकलन गर्नुपर्ने भएमा उनीहरुलाई प्राथमिकतामा राखी संकलन गर्ने र नतिजा आउने बित्तिकै सम्बन्धित अस्पतालमा जानकारी दिन निर्देशन दिइएको बताउनुभयो । त्यसैगरी रातो फित्ता लगाइ आएका स्वाबहरुलाई पहिलो प्राथमिकतामा राखी परीक्षण गर्न पनि आग्रह गरिएको बताउनुभयो ।