जनता टाइम्स

२३ असार २०७७, मंगलवार १४:५८

पाटनमा मृत्यु भएका पुरुषमा कोरोना पुष्टि, मृत्यु हुनेको संख्या ३६ पुग्यो


काठमाडौं, असार २३

पाटन अस्पतालमा मृत्यु भएका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । गोरखा भीमसेन थापा गाउँपालिकाका २७ वर्षीय पुरुषको उपचारको क्रममा सोमबारराति पाटन अस्पतालमा मृत्यु भएको थियो । मृत्युपछि गरिएको परीक्षणमा कोरोना पुष्टि भएको पाटन अस्पतालका निर्देशक डा. विष्णुप्रसाद शर्माले बताउनुभयो ।

पुरुषलाई आईसीयूमा राखेर उपचार गरिएको थियो । आफ्नै घरमा झुन्डिएको अवस्थामा फेला परेका पुरुषलाई उपचारका लागि असार २० गते पाटन अस्पताल ल्याइएको शर्माले जानकारी दिनुभयो । नेपालमा योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३६ पुगेको छ।