जनता टाइम्स

२३ असार २०७७, मंगलवार १६:४९

समाजवादीद्धारा सांसद सरिता गिरी बर्खास्त, पार्टी साधारण सदस्य समेतबाट हटायो


काठमाडौं, असार २३

नेपालविरुद्ध अभिव्यक्ति दिएकी सांसद सरिता गिरीलाई समाजवादी पार्टी नेपालले सांसदबाट बर्खास्त गरेको छ । साथै पार्टीको साधारण सदस्यबाट समेत हटाउने निर्णय गरेको छ ।

पार्टी कार्यालय बालकुमारीमा मंगलबार बसेको पार्टी पदाधिकारी बैठकले गिरीलाई सांसद र पार्टीको साधारण सदस्यसमेत नरहने गरी हटाउने निर्णय गरिएको पार्टीका प्रचार विभाग उपप्रमुख विश्वदीप पाण्डेले जानकारी दिनुभयो ।