Untitled Document

सीडनी साँगितिक साँझमा निशान भट्टराइ र मिलन अमात्यको बेजोड प्रस्तुती

सिडनी । रुपन्देही सामाजिक सन्जालको आयोजनामा सिडनीमा सम्पन्न सांगितीक साझ भब्य रुपमाभएको छ । परोपकारका लागि संगित भन्ने नाराका साथ रुपन्देही समाजले आयोजना गरेको सांगितिक साझमा नेपालका चर्चित कलाकारहरु मिलन अमात्य, नेपाल आइडलवाट उदाएका निशान भट्टराइ र स्थानिय कलाकारहरु समिर आचार्य ,रमन रेग्मी र रिना अधिकारी लगायतले आकर्षक प्रस्तुती पेश गरेका थिए ।

रुपन्देही जिल्लाका शिक्षा,स्वास्थ लगायतका बिषयमा सहयोगी भुमिका निर्वाह गर्दै आएको रुपन्देही समाजिक सन्जालले यस कार्यक्रमवाट बचेको रकम पनि परोपकारी कार्यमा लगाउने जनाएको छ । कार्यक्रममा मिलन अमात्यको आकर्षक गित र निशान भट्टराइको ए भुन्टी जस्ता लोकप्रीय गितहरुमा दर्शक झुमेका थिए । रकडेलको इन्द्रेणी फक्सन सेन्टरमा आयोजित कार्यक्रममा दर्शकको भिडभाड देखिन्थ्यो ।

कार्यक्रमका स्थानीय कलाकार समिर आचार्यको गितमा दर्शकलाई निकै तताएको थियो । कार्यक्रमलाई सफल बनाउन भुमिका निर्वाह गर्ने सबै पक्षलाई सन्जालका अध्यक्ष कृष्ण गैरेले धन्यबाद ज्ञापन गरेका थिए ।

September 29, 2018मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *