स्याङजा, साउन ८
स्याङ्जाका एक पुरुषले आफ्नै अण्डकोष काटेका छन् । पुतलीबजार नगरपालिका–२ का ४५ वर्षीय सुकबहादुर गुरुङले हिजो साँझ हँसियाले आफ्नै अण्डकोष काटेको स्याङ्जा प्रहरीले जनाएको छ । गम्भीर घाइेत भएका गुरुङलाई अण्डकोष झोलामा बोकेर जिल्ला अस्पताल स्याङजामा ल्याइएको थियो ।
त्यहाँ उपचारपछि थप उपचारका लागि पोखरा रिफर गरिएको थियो । मानसिक समस्या रहेका उनका १ छोरी रहेको र श्रीमतीको केही वर्ष पहिले नै मृत्यु भएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्