जनता टाइम्स

९ श्रावण २०७७, शुक्रबार ११:५२

कोरोनालाई जितेर जब महिला घर फर्किइन्, खुशी होइन ब्रजपात आइलाग्यो


नयाँ दिल्ली, साउन ९

भारतमा कोरोना भाइरसको संक्रमणदर र मृतकको संख्या दिनहँु बढ्दै जादैछ । संक्रमितमध्ये निको हुनेको संख्या उल्लेख्य छ । तर, मृतकको संख्या पनि दिनदिनै बढ्दैछ ।

ओडिशाको गंजम जिल्लामा रहेकी एक महिलालाई कोरोना भाइरस भयो । उनि अस्पतालबाट कोरोनाविरुद्धको लडाई जितेर घर फर्किन् । घर फर्किने वित्तिकै उनको होश उड्यो । घर आँउदा उनका पतिसहित सासुससुराको मृत्यु भईसकेको थियो ।

हिन्दुस्तान टाइम्सका अनुसार गंजम जिल्लाको अस्पतालबाट कोरोना संक्रमणको उपचार गरेर उनि घर फर्किएकी थिइन् । तर, घर फर्किएपनि उनि खुशी हुन पाइनन् । उनलाई जानकारी प्राप्त भयो कि पति जितेन्द्रको २० जुलाईमा बरहामपुर शहरको कोभिड अस्पतालमा कोरोना संक्रमणका कारण मृत्यु भयो । यसको केही दिन अगाडी सासुससुराको पनि मृत्यु भएको जानकारी उनले पाइन् ।

उनका साथीहरुले बताए अनुसार ति महिला, उनका पति र सासुससुराको ९ जुलाईमा एक प्राथमिक विद्यालयमा रहेको स्वास्थ्य केन्द्रमा टेष्ट गराएका थिए । भोलीपल्ट चारै जनालाई कोरोना पोजेटिभ भएको पत्ता लाग्यो । त्यसपछि उनिहरुलाई कोभिड अस्पतालमा भर्ना गराइयो ।

१५ जुलाईमा सासुको, १८ जुलाईमा ससुरा क्रुणाल चंद्रको र २० जुलाईमा उनका पतिको मृत्यु भयो । उडिशामा अहिलेसम्म ६ हजार ३६२ संक्रमित फेला परेका छन् भने त्यसमध्ये ६२ जनाको मृत्यु भईसकेको छ ।