जनता टाइम्स

१० श्रावण २०७७, शनिबार १६:३१

कोरोना अपडेट : देशभर थपिए १०९ संक्रमित, संख्या पुग्यो १८४८३


काठमाडौं, साउन १०

नेपालमा पछिल्लो २४ घण्टामा १०९ जनालाई कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले आज दिनुभएको जानकारी अनुसार देशभर १०९ जनामा कोरोना संक्रमणको पुष्टि भएको जानकारी दिनुभयो ।

गौतमका अनुसार पछिल्लो २४ घण्टामा २८ ओटा प्रयोगशालामा ४ हजार ७५ पिसिआर बिधिबाट नमुना परीक्षणका क्रममा १०९ मा संक्रमण पुष्टि भएको हो । हालसम्म नेपालमा संक्रमितको संख्या १८ हजार ४८३ जना पुगेको छ । पछिल्लो २४ घण्टामा थप १ सय ६ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् ।

त्यस्तै हालसम्म डिस्चार्ज हुनेको संख्या १३ हजार ५३ जना पुगेको छ । वीरगञ्जको गण्डक कोभिड अस्पतालमा उपचारको क्रममा १७ वर्षीय किशोरीको मृत्यु भएसँगै देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४५ पुगेको छ ।