जनता टाइम्स

१२ श्रावण २०७७, सोमबार १८:५५

विचार, संगठन र नेतृत्वलाई व्यवस्थित र एकिकृत गर्न महाधिवेशनमा जुटौं : ईश्वर पोखरेल


काठमाडौं, साउन १२

नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य एंव उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले पार्टीको महाधिवेशनको तयारीतर्फ जान माग गर्नुभएको छ । केन्द्रीय कमिटीले तय गरेको मितिलाई नबिर्सिएर महाधिवेशनको तयारीमा लागौं भन्दै आव्हान गर्नुभएको छ ।

पछिल्लो पटक नेकपाभित्र देखिएको विवादको समाधान महाधिवेशन नै भएको बताउदै उहाले त्यसको तयारीमा जुट्न आग्रह गर्नुभयो । उहाले समाजिक सञ्जालमा लेख्दै भन्नुभएको छ, ‘राष्ट्रिय आवश्यकताद्वारा निर्देशित भएर हामीले पार्टी एकता गर्यौं ! त्यो ऐतिहासिक एकता गर्दा पुरा गर्न बाँकी रहेका विचार, संगठन र नेतृत्वलाई व्यवस्थित र एकिकृत गर्न राष्ट्रिय मन्च अर्थात् महाधिवेशनको तयारीमा लागौं !! केन्द्रीय कमिटीले सर्वसम्मतीले महाधिवेशनका लागि तय गरेको मितिलाई नबिर्सौं !!!’