जनता टाइम्स

११ जेष्ठ २०७६, शनिबार १६:३४

कंग्रेसद्धारा अध्यक्ष गान्धिको राजिनामा अस्विकृत


काठमाडौं ।

भारतिय कंग्रेस आईका अध्यक्ष राहुल गान्धिको राजिनामा अस्विकृत भएको छ । कंग्रेस वर्किङ्ग कमिटिको शनिवार बसेको बैठकले राहुलको राजिनामा अस्विकृत गर्दै उनलाई मार्गदर्शनको जरुरत रहेको ठहर गरेको हो ।

लोकसभा निर्वाचनमा कंग्रेस नेतृत्वको गठबन्धनले ठुलो हार व्यहोरेपछि राहुल गान्धिले राजिना दिने पार्टीभित्र बताएका थिए । बैठकमा गान्धिले आफु अब पार्टी अध्यक्षका रुपमा नभई नेताका रुपमा कंग्रेसमा काम गर्न चाहेको बताएका थिए । तर, बैठकले उनको प्रस्ताव ठाडै अस्विकार गरेको छ । यद्यपी कंग्रेसका नेताहरुलाई राजिनामा विषयमा बाहिर बोल्न प्रतिवन्ध जस्तै लगाइएको छ ।