जनता टाइम्स

१४ श्रावण २०७७, बुधबार ०७:२४

गर्भवतीको उद्धार


कैलाली, १४ साउन । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले धनगढी उपमहानगरपालिका –५ की एक गर्भवतीको मंगलवार उद्धार गरिएको छ ।

धनगढीको तारानगर बस्ने वर्ष ३१ की गर्भवती रिता पन्तको अवस्था जटिल भएपछि सेनाको स्काई ट्रकमार्फत उद्वार गरी काठमाडौँ पठाइएको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले जानकारी दिनुभयो ।

गर्भवती पन्तलाई शुरुमा धनगढीको नवजीवन अस्पतालमा तीन दिन भर्ना गराइ उपचार गरी सञ्चो नभएपछि सेती प्रादेशिक अस्पतालमा पठाइएको र त्यहाँ पनि उपचार सम्भव नभएपछि सेनाको स्काई ट्रकमार्फत ललितपुरको मेडिसिटी अस्पतालमा पठाइएको सूचना अधिकारी खड्काले बताउनुभयो ।