Untitled Document

एनआरएन कोषाध्यक्ष हिक्मत थापाको कबिता सङ्ग्रह ‘चिबोकका केटीहरु’

काठमाडौं । गैरआवासीय नेपाली संघका आइसिसी कोाषाध्यक्ष हिक्मत थापाको कविता सङ्ग्रह ूचिबोकका केटीहरु आगामी अक्टोबर १३ गते काठमाडौंमा सार्बजनिक गरिने भएको छ । नाइजेरियाको बोर्नो राज्यको चिबोकबाट सन २०१४ को अप्रिल १४ मा एक स्कुलबाट बोकोहराम आतंककारी बाट अपहरित २७६ स्कुले छात्राहरु माथी लेखिएको शिर्ष कविताको शिर्षक बाट नै यस संग्रह को नाम राखिएको थापाले जानकारी दिनभयो ।

थापाका अनुसार यस सङ्ग्रहमा थापाका चालिसका दशक देखि लेखिएका प्रतिनिधिमुलुक कबिताहरु अटाएका छन । कविताहरु रास्ट्रप्रेम , प्रबासी पीडा र कबिको सौन्दर्य चेत ले भरिपुर्ण छन । कविता सङ्ग्रहको प्रकाशक साङ्रीला बुक रहेको छ भने सम्पादन सुबिद गुरागाईले गरेका छन ।

October 4, 2018मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *