Untitled Document

एनआरएन मकाउले गर्यो स्थापनाकालदेखिका पदाधिकारी र संस्थालाई योगदान पुर्याउनेलाई सम्मान : हेर्नुहोस ३० तस्विरसहित

किरण बुढाथोकी/काठमाडौं  

गैरआवासीय नेपाली संघ मकाउले स्थापनाकालदेखि २०१७ सम्मका पदाधिकारी तथा संस्था गठनदेखि महत्वपूर्ण योगदान पुर्याउँदै आउनुभएका ब्यक्तिहरुलाई सम्मान गरेको छ ।

सघको १० औ वार्षिक साधारणसभाको अवसरमा स्थापनाकालदेखिका पदाधिकारीहरुलाई कदरपत्र बाट सम्मान र सस्था गठन देखि महत्वपुर्ण योगदान दिनु हुने प्रकाश पुन, त्रिलोक गुरुङ र टिका गुरुङलाई मानार्थ तथा कदरपत्र बाट सम्मान गरिएको हो ।

संघको साधारण भब्य रुपमा सम्पन्न गरेको मकाउको कार्यक्रम महावाणिज्य दुताबास हंगकंग तथा मकाउका प्रतिनिधि गजेन्द्र भट्टारार्इको प्रमुख आथितव्य्मा भएको थियो । कार्यक्रमको अध्यक्षता एनआरएन मकाउ अध्यक्ष शान्ति अधिकारीले गर्नु भएको थियो ।

त्यस्तै, अतिथिहरुमा एनआरएन आइसिसी सदस्य मुकेश कुमार बरुवाल, सल्लाहकार राम कार्की, रामेन्द्र गुरुङ, हेम बहादुर तामांग रमकाउमा रहेका विभिन्न संघ सस्थाका प्रतिनिधिहरु लगाएत नेपाल लाई स्वच्छ मनले माया राम कार्की, रामेन्द्र गुरुङ र हेम बहादुर तामांङ साथै मकाउमा रहेका विभिन्न संघ सस्थाका प्रतिनिधिहरु लगायत नेपाललाई स्वच्छ मनले माया गर्ने र दैविक प्रकोप परेको बेलामा सहयोग गर्नुहेने केहि स्थानीयबासीहरु रहनु भएको थियो ।

मकाउमा कार्यरत नेपालीहरुको बाक्लो उपस्थितिको बिचमा साधारणसभा महावाणिज्य दुतावास प्रतिनिधि गजेन्द्र भट्टारार्इ र संघका अध्यक्ष शान्ति अधिकारीले संयुक्त रुपमा गर्नु भएको थियो । सोही अवसरमा पाँच  बिदेशी नागरिकहरु Bruno Nunes, Lorenzo Lameiras, Marcia Tin, Celia Ng र Alice Leongलाई पनि कदर-पत्र बाट सम्मान गरएको थियो ।

कार्यक्रम संघका महासचिव पूर्ण गुरुङले संचालन गर्नु भएको थियो भने वरिष्ठ उपाध्यक्ष मंगल राईले स्वागत मन्तब्य राख्नुभएको थियो । सो अवसरमा विभिन्न खेल विधाबाट नेपाललाई अन्तरास्ट्रियस्तरमा पदक दिलाउन सफल खेलाडीहरु राजु नगरकोटी र निशान जीसी तेकँदो, नारी चन्द, नवल गुरुङ र शान्ति अधिकारी एटलेथिक, प्रकाश राई बडी बिल्डिंग र बहादुरी काम गरे स्वरूप राम बहादुर केसी, प्रिन्सलाई प्रसंशा पत्रबाट सम्मान गरिएको थियो ।

साथै, साधारणसभामा आर्थिक तथा भौतीक सहयोग गर्नुहुने महानुभावहरुलाई एनआरएन मकाउनले धन्यवाद ज्ञापन गरेको छ । कार्यक्रम सफल बनाउन स्टार वोर्ल्डमा कार्यरत मेनेजर ओम प्रसाद गुरुङले शुभकामनाका साथै मकाउ १,०००, तामांग घेदुगं अध्यक्ष दोर्जे तामांग बाट १,०००, मकाउ नेप्लिज बडी बिल्डिंगका अध्यक्ष सिर्जन (बाबा भाई) बाट १,००० र किरात राई यायोख्याका अध्यक्ष भिम राईबाट १,००० आर्थिक प्राप्त भएको थियो ।

October 4, 2018मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *