जनता टाइम्स

२३ श्रावण २०७७, शुक्रबार १६:३८

नेपालमा हालसम्म कोरोना संक्रमणबाट ७० जनाको मृत्यु


काठमाडौं, साउन २३

हालसम्म नेपालमा कोरोना संक्रमणबाट ७० जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दिनुभएको जानकारी अनुसार हालसम्म नेपालमा कोरोना संक्रमणबाट ७० जनाको मृत्यु भएको हो ।

२४ घण्टामा देशभर थप ४६४ जनामा संक्रमण (कोभिड–१९) पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा ७ हजार ९२६ पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप ४६४ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो । नेपालमा कुल संक्रमितको संख्या २२ हजार २१४ पुगेको छ । २४ घण्टामा ४२५ जना डिस्चार्ज हुनुभएको छ ।