Untitled Document

एलिसा राइको ‘आँखामा गाजलु’ लगाउदै आकाश

काठमाडौं, असोज २५

अहिलेकी चर्चित डान्सर मोडेल एलिसा राइ अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । नवगायिका शर्मिला राइको स्वरमा रहेको ‘आँखामा गाजलु’ मा युवा गीतकार डीपी खनालको शब्द र शंकर थापा ुस्माइलुको संगीत रहेको छ भने उदयराज पौडेलको संगीत संयोजन रहेको छ ।

‘आँखामा गाजलु’को अभिनयमा एलिसालाइ आकाश राइले साथ दिएका छन । धेरै समयपछि पुन भिडियो निर्देशनमा फर्किएका गायक विजय रुम्बाले निर्देशन गरेको म्युजिक भिडियोमा ज्ञानेन्द्र शर्माको सिनेमाटोग्राफी र शिलन लम्सालको सम्पादन रहेको छ।

भिडियोमा गीतको मर्मअनुसारनै बिशेष गरी किशोर अवस्थामा रहेकी युवतीले आफ्नो मनमा लागेका भावनालाई सम्झिएर गरिएको प्रस्तुति देखाइएको निर्देशक रुम्बाले जानकारी दिनु भयो ।

October 11, 2018मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *