Untitled Document

ढुक्क हुनोस, जनताका यी विश्वास र अपेक्षालाई एक इञ्च तलमाथि पर्न दिन्न : प्रधानमन्त्री ओली

मनाङ, असोज २५

प्रधानमन्त्री केपी शर्मा ओलीले जनताले आफूमाथि गरेको विश्वासलाई एक इञ्च पनि तलमाथि तलमाथि पर्न नदिने प्रष्ट पार्नुभएको छ । मनाङको ङिस्याङ गाउँपालिका-१ भ्राताङमा रहेको एग्रो मनाङ स्याउ फार्मको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले जनताको अपेक्षा र विश्वासमा तलमाथि पर्न नदिने अठोट गर्नुभएको हो ।

प्रधानमन्त्री ओलीले आफू नेतृत्वको सरकारमाथि जनताले निकै आशा र भरोसा गरेको भन्दै अव परिणाममुखी काम गरेर देखाउने बताउनु भयो । ‘देशले म सँग विकासको अपेक्षा गरेको छ । शुसासनको अपेक्षा गरेको छ । भष्ट्राचार नियन्त्रणको अपेक्षा गरेको छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘सवै ढुक्क हुनोस, जनताको यी विश्वास र अपेक्षालाई एक इञ्च पनि तलमाथि पर्न दिन्न ।’

प्रधानमन्त्री ओलीले भष्ट्राचार नियन्त्रणका कदम दृढताका साथ थप प्रभावकारी ढंगले अघि बढाइने जानकारीसमेत दिनुभयो । ‘भ्रष्टचारीको मुख हेरिँदैन र पद केही हेरिँदैन । जुनसुकै तहको भएपनि कारबाही हुन्छ । यसमा सबै ढुक्क हुनुहोस,’ प्रधानमन्त्रीी ओलीले भन्नुभयो । उहाँले उर्भर भूमि र स्रोत साधन प्रयोग गरेर देशलाई समृद्ध बनाएरै छाड्ने दृढतासमेत राख्नुभयो । समृद्ध नेपाल, सुखी नेपाली बनाउन धेरै समय नलाग्ने उहाँको भनाई थियो ।

‘अहिलेको सरकार जनताको सरकार हो । यसले जनताका निम्ति काम गर्छ, यहाँहरु ढुक्क रहनुहोस,’ उहाँले ओलीले भन्नभुयो । विकास गर्ने संकल्प लिएर अघि बढ्दा कुनै अभाव नहुने र विकास गरेरै देशलाई धनी बनाउन सकिने योजना पनि प्रधानमन्त्री ओलीले सुनाउनु भयो ।

कृषिमा व्यवसायिक र आधुनिकीकरण गरेर समृद्धिको यात्रा अघि बढाउन सकिने उहाँको भनाई थियो । कृषिमा व्यवसायीकरण र आधुनिकीकरण गर्न सकेमा आयात प्रतिस्थापन गरि निर्यातलाई प्रवद्र्धन गर्न सकिने भन्दै प्रधानमन्त्री ओलीले मनाङ एग्रो फार्मले आयात प्रतिस्थापन र निर्यात व्यबस्थान गर्ने दिशाको सुरुवात गरेको बताउनु भयो ।
उहाँले चालु आर्थिक वर्षमा देशका ४ जिल्लामा एक लाख उन्नत प्रजातिका स्याउका विरुवा वितरण गर्न लागिएको जानकारी पनि दिनुभयो ।

मनाङसहित मुस्ताङ, जुम्ला र कालिकोटमा २५, २५ हजार विरुवा वितरण गर्न लागिएको प्रधानमन्त्रीको भनाई थियो । उहाँका अनुसार विदेशबाट विरुवा खरिदका लागि प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना अन्तर्गत १० करोड बजेट विनियोजन गरिएको छ ।

प्रधानमन्त्री ओलीसँगै नेकपाका महासचिव विष्णु पौडेल, संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, कृषिमन्त्री चक्रपाणि खनाल, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, प्रमुख सचेतक देव गुरुङ र प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाललगायतका नेताहरु मनाङ आउनु भएको थियो ।

October 11, 2018मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *