Untitled Document

गौरव गर्न लायक यी हस्ती जसले एनआरएनलाई यो अवस्थामा ल्याई पु¥याए

जस्तो एनआरएन संस्थापक अध्यक्ष उपेन्द्र महत्तोले नेपालमा विदेशी प्रविधि भित्र्याएर अन्तराष्टियस्तरको अस्पताल खोल्नु भएको छ । पूर्व अध्यक्ष एवं हालका संरक्षक जीवा लामिछानेको सानिमा बैंकमा लगानी छ भने निवर्तमान अध्यक्ष शेष घलेको फाइभ स्टार होटल निर्माण भइरहेको छ । अहिलेका अध्यक्ष भवन भट्टको जलविद्युत, सञ्चारलगायत विभिन्न क्षेत्रमा नेपालमा लगानी गरिरहनु भएको छ । यसको अर्थ लगानीले नै नेपालमा रोजगारीको वातावरण सृजना भएको छ । नेपालीलै स्वदेशमै भएपनि रोजगारी पाउँदा विदेशीनु पर्ने बाध्यताको अन्त्य भएको छ । यो निकै सराहनीय कार्य हो । हो, यस्तै उद्देश्य राखिएर गरिएको विज्ञ सम्मेलनले अझै धेरै लगानीको वातावरण सृजना गर्दै नेपालमा विदेशी प्रविधि, ज्ञान र सिप हस्तान्तरणमा सहयोग मिल्ने अपेक्षा गर्न सकिन्छ । ।

किरण बुढाथोकी

गैरआवासीय नेपाली संघ स्थापना भएको १५ वर्ष बितेको छ । सन् २००३ सालमा विश्वभरका गैरआवासीय नेपालीलाई समेटेर गठन गरिएको एनआरएन अर्थात गैरआवासीय नेपाली संघ आज आएर विस्तारै फैलने क्रम बढ्दो छ । सांगठनीक हिसावले भन्नुपर्दा एनआरएन अहिले ७९ देशमा गठन भइसकेको छ । करिव ८० हजार पञ्जीकृत सदस्य पुगिसकेको छ । एनआरएनका संस्थापक अध्यक्ष उपेन्द्र महत्तो जसले एनआरएनलाई सही नेतृत्व दिर्दै आफनो नेतृत्व हस्तान्तरण सही ब्यक्तिलाई गर्नुभएकै कारण एनआरएन आजको अवस्थामा आइपुगेको छ । २००३ अक्टोवर ११ आज त्यही स्थापना दिवस निकै हर्सोल्लासकासाथ मनाइएको छ ।

एनआरएनमा यतिखेर स्थापनाको उद्देश्य विषयमा गहिरो छलफल र बहस चल्न थालेको छ । हो, त्यही बहस र उद्देश्यअनुरुप नै भोलीदेखि काठमाडौंमा एनआरएनको पहिलो विधान सभा तथा विज्ञ सम्मेलन आयोजना गरिदैछ । विज्ञ सम्मेलनमा विश्वभरबाट विभिन्न तह तप्काका बृद्धिजीवीहरु आइसक्नु भएको छ । नेपाल सरकारले आर्थिक सम्मृद्धिको नारा अगाडि बढाइरहेको अवस्थामा एनआरएन आयोजक र नेपाल सहआयोजक रहने गरि हुन लागेको विज्ञ सम्मेलनलाई विशेष महत्वका साथ हेरिएको छ । विज्ञ सम्मेलन विदेशमा रहेर नेपालीले सिकेका ज्ञान, सिप, प्रविधि र अनुभव हस्तान्तरणमा सघाउ पुर्याउने उद्देश्यले आयोजना गरिएको छ ।

नेपालीहरुले विदेशमा जान थालेको र बसोबास गर्न थालेको २५ वर्ष पुगेको छ । यो अवधिमा एनआरएन स्थापनासँगै विश्वभरको सञ्जाल निकै फराकिलो बनेको छ । विश्वभरीको सञ्जाललाई सही सदुप्रयोग गर्दै यही माध्यमबाट ज्ञान, सिप र प्रविधि हस्तान्तरण गर्ने उद्देश्य लिइएको छ । यसको अर्थ विदेशको विश्वविद्यालयबाट पिएडी गरेको मात्र नभई कुनै पनि क्षेत्रमा नेपालीले विदेशमा हासिल गरेको ज्ञान, सिप र प्रविधि नेपालको आवश्यकताअनुसार उपयोगमा ल्याउने भन्ने छ । साथै गैरआवासीय नेपालीको माध्यमबाट यसअघि नै एनआरएनले १० अर्बको लगानी घोषणा गरिसकेको छ । यो सम्मेलनले सो लगानीको विषयमा पनि टुंगो लगाउनेछ ।

नेपाल सरकारले १० प्रतिशत ब्यवर्होने गरि अन्य लगानी गैरआवासीय नेपालीले सामूहिक लगानीमा गर्ने योजना अगाडि सारिएको छ । यो लगानी सम्मेलनमार्फत कुन क्षेत्रमा कति गर्ने हो भन्ने टुगो लगाइने भएको छ । यो एनआरएन र समग्र नेपालीको लागि निकै खुसीको कुरा हो । किनकी नेपालमा भन्ने गरिएको छ, विदेशमा जाने बित्तिकै त्यो ब्यक्तिको नेपालीपन हराएर जान्छ । तर मलाई त्यस्तो लाग्दैन कि विदेशमा जाँदैमा नेपाली नागरिकता त्यागेर विदेशी नागरिकता लिदैमा त्यस्तो भावना आउँछ भन्ने कुुरामा । तर ती ब्यक्तीमा झनै नेपालको माया हुने गरेको पाइएको छ । जस्तो एनआरएन स्थापना गर्नेदेखि यो अभियानमा सहयोगी भूमिका निर्वाह गर्ने ब्यक्तिहरुले नै नेपाल र नेपालीको लागि राम्रो काम गर्नुभएको छ । जस्तो एनआरएन संस्थापक अध्यक्ष उपेन्द्र महत्तोले नेपालमा विदेशी प्रविधि भित्र्याएर अन्तराष्टियस्तरको अस्पताल खोल्नु भएको छ ।

एनआरएनका पूर्वअध्यक्ष ज्यूहरुले अगाडि सार्नुभएको राम्रो कुरालाई अगाडि बढाउँदै समयानुकुल नयाँ ढाँचा नयाँ नेतृत्वले कार्यान्वयन गर्दै लग्नुपर्छ । एनआरएनको विगत स्थापनाकालको उद्देश्यलाई गहिरो चिन्तन मनन गर्दै सबै एनआरएनहरु अगाडि बढेको खण्डमा एनआरएनमार्फत नेपालको आर्थिक सम्मृद्धि सम्भव छ भने अर्कातर्फ एनआरएनका आन्तारिक समस्या समाधानमा पनि यसले कोशेढुंगा शावित गर्नेछ । एनआरएन डे मा सबैमा यस्तै सकारात्मक विचारलाई अगाडि बढाउने उत्प्रेरणा मिलोस भन्दै शुभकामना ब्यक्त गर्दछु ।

पूर्व अध्यक्ष एवं हालका संरक्षक जीवा लामिछानेको सानिमा बैंकमा लगानी छ भने निवर्तमान अध्यक्ष शेष घलेको फाइभ स्टार होटल निर्माण भइरहेको छ । अहिलेका अध्यक्ष भवन भट्टको जलविद्युत, सञ्चारलगायत विभिन्न क्षेत्रमा नेपालमा लगानी गरिरहनु भएको छ । यसको अर्थ लगानीले नै नेपालमा रोजगारीको वातावरण सृजना भएको छ । नेपालीलै स्वदेशमै भएपनि रोजगारी पाउँदा विदेशीनु पर्ने बाध्यताको अन्त्य भएको छ । यो निकै सराहनीय कार्य हो । हो, यस्तै उद्देश्य राखिएर गरिएको विज्ञ सम्मेलनले अझै धेरै लगानीको वातावरण सृजना गर्दै नेपालमा विदेशी प्रविधि, ज्ञान र सिप हस्तान्तरणमा सहयोग मिल्ने अपेक्षा गर्न सकिन्छ । ।

त्यस्तै, भोली एनआरएनको विधान सभा आयोजना गरिदैंछ । निवर्तमान अध्यक्ष शेष घलेको पालामा ल्याइएको भिजन ट्वान्टी ट्वान्टी एण्ड वियोण्ड प्रस्तावलाई कार्यान्वयन गर्ने उद्देश्यले विधान सभा आयोजना गरिएको छ । विधान सभाले एनआरएनको संरचना परिवर्तन गर्दैछ । साथै सांगठनीक संरचना, निर्वाचन प्रणाली, प्रतिनिधि छनौट जस्ता वृहत्त विषयमा छलफल गर्दै एनआरएनलाई नयाँ ढंगले अझ परिस्कृत बनाउन खोजीदैछ । यो एनआरएनका लागि अझै खुसीको कुरा हो । किनकी समयानुकुल विधान संशोधन गर्नु अहिलेको तड्कारो आवश्यकता हो । त्यसैले एनआरएनका पूर्वअध्यक्ष ज्यूहरुले अगाडि सार्नुभएको राम्रो कुरालाई अगाडि बढाउँदै समयानुकुल नयाँ ढाँचा नयाँ नेतृत्वले कार्यान्वयन गर्दै लग्नुपर्छ । एनआरएनको विगत स्थापनाकालको उद्देश्यलाई गहिरो चिन्तन मनन गर्दै सबै एनआरएनहरु अगाडि बढेको खण्डमा एनआरएनमार्फत नेपालको आर्थिक सम्मृद्धि सम्भव छ भने अर्कातर्फ एनआरएनका आन्तारिक समस्या समाधानमा पनि यसले कोशेढुंगा शावित गर्नेछ । एनआरएन डे मा सबैमा यस्तै सकारात्मक विचारलाई अगाडि बढाउने उत्प्रेरणा मिलोस भन्दै शुभकामना ब्यक्त गर्दछु ।

 

October 11, 2018मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *