Untitled Document

ओली सरकारको ६ महिनामा विकासको आधार तयार, उपनिर्वाचनको लडफामा लागिन्न ; प्रचण्ड

काठमाडौं, असोज २६

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले अब जनजिविका मुद्धामा काम गर्ने बताउनु भएको छ । उहाले गएको ६ महिनामा सरकारले विकासका आधारहरु खडा गरेकाले अबको साढे ४ वर्ष विकासको काम गर्ने बताउनु भयो ।

कागेश्वरी मनहरा नगरपालिकाले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाले सरकारको खुलेर प्रशंसा समेत गर्नुभयो । ‘अब सरकारले गति पकाड्छ, विकास निर्माण, भष्टचार अन्त्यका लागि काम अगाडी बढाउछ् ।’अध्यक्ष प्रचण्डको भनाई छ ।

उहाले यो ६ महिनामा १०\११ वर्षदेखि विराटनगरमा रहेको भारतीय फिल्ड अफिस हटाउने, डुवान समस्या हल गर्ने, भारत चिनसगको सम्वन्ध सुधार, ल्याण्ड लकबाट ल्याण्ड लिंक भएको समेत बताउनु भयो ।

यद्यपि आम जनताले बाटोको खाल्डा पुरिहालोस्, बुढाबुढीको भत्तामा चिन्ता रहेको उहाले बताउनु भयो । यसतर्फ ध्यान गएको भन्दै उहाले भन्नुभयो, ‘दशैंसँगै पार्टी एकता पूर्णता दिने र विकासमा पनि जनताले हेर्ने वित्तिकै देख्ने बनाउँछौं ।’ विकास निर्माण र सुशासनमा केही महिनाभित्र जनताले देख्ने गरी काम गर्ने प्रचण्डको दाबी छ । ‘एक वर्ष पुग्दा नपुग्दै जनताले महसुस गर्ने दिन आउँछ’ उहाले भन्नुभयो ।

एक फरक प्रसंगमा अध्यक्ष प्रचण्डले पार्टी उपचुनावको लफडामा नलाग्ने समेत स्पष्ट पार्नुभयो । काठमाडौं ७ का सांसद रामवीर मानन्धरले राजीनामा दिएर वामदेव गौतम चुनाव लड्ने तयारी थियो । तर, चौतर्फी आलोचना भएपछि गौतम पछि हट्नु भएको थियो । विकास निर्माण छाडेर यो लफडामा नलाग्ने भन्दै उहाले भन्नुभयो, ‘हिजो स्वयंम वामदेवले म लड्दिनँ भन्नुभयो, सिद्धियो कुरा ।’

October 12, 2018मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *