Untitled Document

एनआरएन विधान सभाको छलफल प्रारम्भ : यस्तो छ प्रस्तावीत संशोधन विधान

किरण बुढाथोकी/काठमाडौं  

गैर आवासीय नेपाली संघको पहिलो पटक विधान सभा प्रारम्भ भएको छ । गैरआवासीय नेपाली संघ स्थापनाभएपछिको यो पहिलो विधान सभा हो । विधान सभामा विधान समितिका संयोजक डा. हेमराज शर्माले प्रस्तावीत संशोधन विधान सभामा पेश गर्नुभएको छ ।

अन्तर्राष्ट्रिय महाधिवेशन प्रतिनिधिमा छनोट हुनका लागि कम्तिमा दुई वर्ष संघको पञ्जिकृत सदस्य रहेको हुनुपर्ने, प्रतिनिधिको नामावाली अन्तर्राष्ट्रिय महाधिवेशन हुनुभन्दा १ महिना पहिले संघको सचिवालयमा उपलब्ध गराउनुपर्ने उल्लेख गरिएको छ ।
एक हजार भन्दा बढी पञ्जिकृत सदस्य भएका राष्ट्रिय समन्वय परिषद्ले प्रत्येक थप एक हजार सदस्यका लागि क्रमिक ५०ः१, १००ः१, २००ः१,३००ः१, ४००ः१, ५००ः१ संख्याको अनुपातमा (अनुसूची ६ मा दिईए बमोजिम) थप प्रतिनिधिहरु चयन गर्ने उल्लेख छ ।

विधान सभामा एनआरएन विभिन्न ब्यक्तिहरुले धारणा राखिरहनु भएको छ भने विभिन्न सूमहमा बाँडेर गम्भिर छलफल भइरहेको एनआरएन प्रवक्ता भूषणा घिमिरले जानकारी दिनुभयो । सभामा विधामा केन्द्रित भएर छलफल भइरहेको छ । विधान समितिले सभामा प्रस्तुत गरेको संशोधीत विधानको केहि अंश  यस्तो छ ;

गैरआवासीय नेपाली संघको विधान २००३ प्रस्तावित विधान २०१८ दफा ÷उपदफा साविकको विधान २०१७ मा व्यवस्था संशोधित प्रस्ताव संशोधनका कारण तथा सुझाव १३.७ अन्तर्राष्ट्रिय महाधिवेशनमा मतदान अधिकारसहित भाग लिनका लागि सम्बन्धित राष्ट्रिय समन्वय परिषद्ले प्रतिनिधि चयन गर्नेछ ।

अन्तर्राष्ट्रिय महाधिवेशन प्रतिनिधिमा छनोट हुनका लागि कम्तिमा दुई वर्ष संघको पञ्जिकृत सदस्य रहेको हुनुपर्नेछ । प्रतिनिधिको नामावाली अन्तर्राष्ट्रिय महाधिवेशन हुनुभन्दा १ महिना पहिले संघको सचिवालयमा उपलब्ध गराउनुपर्नेछ ।

एकहजार सम्म पञ्जिकृत सदस्य भएका राष्ट्रियसमन्वय परिषद्ले प्रत्येक दश जना पञ्जिकृत सदस्य बराबर एक जना प्रतिनिधि (१०ः१ को अनुपात) चयन गर्नेछ ।  एक हजार भन्दा बढी पञ्जिकृत सदस्य भएका राष्ट्रिय समन्वयपरिषद्ले प्रत्येक थप एक हजार सदस्यको लागि क्रमिक ४०ः१, ८०ः१, १२०ः१ संख्याको अनुपातमा (अनुसूची ६ मा दिईए बमोजिम) थप प्रतिनिधिहरु चयन गर्ने छ ।

अन्तर्राष्ट्रिय महाधिवेशनमा मतदान अधिकारसहित भाग लिनका लागि सम्बन्धित राष्ट्रिय समन्वय परिषद्ले प्रतिनिधि चयन गर्नेछ । एक हजार सम्म पञ्जिकृत सदस्य भएका राष्ट्रिय समन्वय परिषद्ले प्रत्येक पन्ध्र जना पञ्जिकृत सदस्य बराबर एकजना प्रतिनिधि (१५ः१ को अनुपात) चयन गर्नेछ ।

एक हजार भन्दा बढी पञ्जिकृत सदस्य भएका राष्ट्रिय समन्वय परिषद्ले प्रत्येक थप एक हजार सदस्यका लागि क्रमिक ५०ः१, १००ः१, २००ः१,३००ः१, ४००ः१, ५००ः१ संख्याको अनुपातमा (अनुसूची ६ मा दिईए बमोजिम) थप प्रतिनिधिहरु चयन गर्नेछ ।

अन्तर्राट्रिय महाधिवेशन प्रतिनिधी मध्ये ५० प्रतिशत अनुसूची ७ मा दिईए अनुसारको प्रथामिकताको आधारमा अन्तर्राष्ट्रिय तथा राष्ट्रिय समन्वय परिषद्का वर्तमान तथा पुर्वपदाधिकारी तथा बिभिन्न समितिमा रहेका व्यक्तीहरुलाई चयन गर्ने छ । बांँकि ५० प्रतिशत प्रतिनिधि पञ्जिकृत सदस्यहरुबाट छनोट गर्नेछ ।

अन्तर्राष्ट्रिय महाधिवेशन प्रतिनिधिमा छनोट हुनका लागि कम्तिमा दुई वर्ष संघको पञ्जिकृत सदस्य रहेको हुनुपर्नेछ । प्रतिनिधिको नामावाली अन्तर्राष्ट्रिय महाधिवेशन हुनुभन्दा १ महिना पहिले संघको सचिवालयमा उपलब्ध गराउनुपर्नेछ ।

१७.२.अन्तर्राष्ट्रिय समन्वय परिषद्मा निम्न पदहरु हुनेछन्ः

अन्तर्राष्ट्रिय समन्वय परिषद्मा निम्न पदहरु हुनेछन्

१ अध्यक्ष – १,

२ उपाध्यक्ष – ५ जना १ महिला सहित)

३ महासचिव – १

४. सचिव – २ (दुई सचिवहरुको कार्य क्षेत्र छुट्याइने)

५. कोषाध्यक्ष – १

६. सहकोषाध्यक्ष – १

७. विधानको दफा १७.१० बमोजिम मनोनित प्रवक्ता– १

८. महिला संयोजक– १

९. युवा संयोजक – १

१०. क्षेत्रिय संयोजक – ६

११. क्षेत्रिय उपसंयोजक – ६ (कम्तिमा )

१२. क्षेत्रिय महिला संयोजक – ६ (प्रत्येक क्षेत्रमा १ जना)

१३. क्षेत्रिय युवा संयोजक – ६ (प्रत्येक क्षेत्रमा १ जना)

१४. प्रत्येक देशका राष्ट्रिय महाधिवेशनबाट निर्वाचित सदस्यहरु ।

१५. विधानको दफा २२.१४.१ बमोजिम मनोनित सदस्यहरु – २१

१६. एशिया प्रशन्त, युरोप, मध्यपूर्व, उत्तर दक्षिण् अमेरिका, अफ्रिका तथा ओसनिया प्रत्येक क्षेत्र बाट एक जना क्षेत्रिय संयोजक र एक क्षेत्रिय उपसंयोजक निर्वाचित हुनेछन् ।

१७. राष्ट्रिय समन्वयपरिषद्हरुको संख्या १० सम्म भएमा १ जना

१० जना भन्दा बढी २० सम्म भएमा थप १ जना

 पञ्जिकृत सदस्य संख्या १५ हजार सम्म भएमा प्रत्येक १५ हजार सदस्य

अध्यक्ष – १

बरिष्ठ उपाध्यक्ष – १

बैदेशिक रोजगार उपाध्यक्ष – १ जना

व्यापार तथा लगानी उपाध्यक्ष – १ जना

मानव कल्याण उपाध्यक्ष – १ जना

ज्ञान, सीप र नवप्रवर्तन उपाध्यक्ष – १ जना

संगठन – उपाध्यक्ष –महिला) – १ जना

महासचिव – १

सचिव – २ (दुई सचिवहरुको कार्य क्षेत्र छुट्याइने)

कोषाध्यक्ष – १

सहकोषाध्यक्ष – १

विधानको दफा १७.१० बमोजिम मनोनित प्रवक्ता– १

महिला संयोज क– १

युवा संयोजक – १

क्षेत्रिय संयोजक – ६

क्षेत्रिय उपसंयोज क – ६ (कम्तिमा)

क्षेत्रिय महिला संयोजक – ६ (प्रत्येक क्षेत्रमा १ जना)

क्षेत्रिय युवा संयोजक – ६ (प्रत्येक क्षेत्रमा १ जना)

प्रत्येक देशका राष्ट्रिय महाधिवेशनबाट निर्वाचित सदस्यहरु ।

विधानको दफा २२.१४.१ बमोजिम मनोनित सदस्यहरु – २१

एशिया प्रशान्त, युरोप, मध्यपूर्व, उत्तरदक्षिण अमेरिका, अफ्रिका तथा ओसनिया प्रत्येक क्षेत्र बाट एक जना
क्षेत्रिय संयोजक र एक क्षेत्रिय उपसंयोजक निर्वाचित हुनेछ । एक बरिष्ठ उपाध्यक्षको व्यवस्था गर्नु पर्ने भएकोले बरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुन पाउने व्यवस्था नगरिएको ।

१ जना क्षेत्रीय उपसंयोजक निर्वाचित हुनेछ ।

परिषद्हरुको संख्या १० सम्म भएमा १ जना,

१० जना भन्दा बढी २० सम्म भएमा थप १ जना

पञ्जिकृत सदस्य संख्या १५ हजार सम्म भएमा प्रत्येक १५ हजार सदस्य बराबर १ जना क्षेत्रीय उपसंयोजक निर्वाचित हुनेछ ।

October 12, 2018मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *