Untitled Document

विज्ञ सम्मेलनले विदेशी पूँजीसँगै ज्ञान, सिप र प्रविधि भित्र्याउनेमा आशावादी : परराष्ट्र मन्त्री ज्ञवाली

काठमाडौं । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले एनआरएन विश्व विज्ञ सम्मेलनको नेपालमा विदेशी पूँजीसँगै ज्ञान, सिप र प्रविधि हस्तान्तरणमा सहयोगी बन्ने विश्वास ब्यक्त गर्नुभएको छ । गैरआवासीय नेपाली संघको आयोजना र नेपाल सरकार सहआयोजक रहेको विज्ञ सम्मेलनको उद्घाटन सत्रमा बोल्नुहुँदै मन्त्री ज्ञवालीले नेपालको सम्मृद्धिमा विदेशी पूँजीसँगै सिप र प्रविधि हस्तान्तरणले सहयोगी भूमिका खेल्ने विश्वास ब्यक्त गर्नुभएको हो ।

विश्वभर छरिएर रहेको नेपालीमा ज्ञानको भण्डार रहेको बताउँदै त्यसलाई नेपालमा भित्र्याएर सही सदुप्रयोग गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले नेपाल सरकारले अगाडि सारेको आर्थिक सम्मृद्धिको दिशामा अगाडि बढाउने कार्यमा यस्ता सम्मेलन निकै महत्वपूर्ण हुने बताउनुभयो ।

October 12, 2018मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *