Untitled Document

एनआरएनएका पूर्व अध्यक्ष शेष घलेले प्रधानमन्त्री ओलीलाई के-के सुझाव दिए ?

गैरआवासीय नेपालीले लगानीको उचित वातावरण बनाउन स-सना कुराहरुबाटै वातावरण सुधार्दै लैजान सुझाव दिएका छन् । गैरआवासीय नेपाल संघको आयोजनामा काठमाडौंमा सुरु गरेको ग्लोबल ज्ञान-सीप सम्मेलनको उद्घाटन शत्रमा वक्ताहरुले यस्तो सुझाव दिएका हुन् ।

कार्यक्रममा एनआरएनएका पूर्व अध्यक्ष शेष घलेले काठमाडौंको ट्राफिक जामको समस्या उठाए । उनले यसलाई हटाउन प्रयास कम भएकोतर्फ संकेत गर्दै ‘बसमन्त्री’ नियुक्त गर्न भन्दै प्रतिकात्मक सुझाव दिए ।

 ‘कति युवा, व्यवसायी र सर्वसाधारणको ऊर्जाशील समय जाममै बितिरहेको होला ? ’ उनले भने, ‘उत्पादनशील समयलाई उपयोग गर्ने वातावरण तयार गर्न जाम चाँही हटाउन पर्‍यो प्रधानन्त्रीज्यू, बरु यसका लागि बस मन्त्री नै नियुक्त गरौं ।’

काठमाडौंका साथै ठूला शहरहरुमा सवारी जामको समस्या भयावह बन्दै गएको भन्दै उनले सरकार गम्भीर हुनु पर्ने बताए । ‘कति युवा, व्यवसायी र सर्वसाधारणको ऊर्जाशील समय जाममै बितिरहेको होला ? ’ उनले भने, ‘उत्पादनशील समयलाई उपयोग गर्ने वातावरण तयार गर्न जाम चाँही हटाउन पर्‍यो प्रधानन्त्रीज्यू, बरु यसका लागि बस मन्त्री नै नियुक्त गरौं ।’ उनले यस्तो सुझाव दिँदा सहभागीहरु हाँसेका थिए ।

‘पहिला म ६ दिनमा एकपटक नेपाल आउँथे, अहिले ६ महिनामा आएँ । ६ महिनामा काठमाडौं आउँदा झन् भद्रगोल पाएँ’ एनआरएनका पूर्वअध्यक्ष घलेले भने, ‘ट्राफिक समस्या अस्ट्रेलियामा पनि छ तर, त्यहाँ हालै त्यस्तो समस्या यथाशक्य सम्बोधन गर्न मन्त्री नियुक्त गरिएको छ ।’

कार्यक्रममा प्रमुख अतिथी रहेका प्रधानमन्त्री ओलीले भने नेपालमा लगानीमैत्री वातावरण बनेको बताएका छन् । राजनीतिक स्थिरता कायम भएको भन्दै उनले गएकाले अब ढुक्क भएर लगानी गर्न आग्रह गरे । आवश्यक नीति तथा व्यवस्थाहरु सरकारले गर्ने भन्दै विकास लागि ठूलो पुँजी परिचालनको आवश्कता रहेको औंल्याए ।

October 12, 2018मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *