जनता टाइम्स

१ भाद्र २०७७, सोमबार ०६:५०

पाटन अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु


काठमाडौं, भाद्र १ ।  काठमाडौं उपत्यकामा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले एक विज्ञप्ति जारी गर्दै काठमाडौंका ६० वर्षीय पुरुषको उपचारका क्रमम मृत्यु भएको जानकारी दिएको हो । ती पुरुषको पाटन अस्पतालमा उपचारका क्रममा आइतवार मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । उनी साउन २० गतेदेखि पाटन अस्पतालमा उपचाररत थिए ।