Untitled Document

विज्ञ सम्मेलन उपलब्धीमूलक : सम्मेलनमार्फत एनआरएनमा विज्ञहरु भित्रीए

किरण बुढाथोकी/काठमाडौं  

पहिलो पटक काठमाडौंमा आयोजना गरिएको विज्ञ सम्मेलन सम्पन्न भएको छ । सम्मेलन निकै फलदायी र उपलब्धीमूलक भएको सहभागि विज्ञहरुले नै प्रतिक्रिया दिनुभएको छ । एनआरएनलाई ब्यापारीको मात्र संस्था भएको भन्दै आलोचना भइरहेको बेला पहिलो पटक आयोजना गरिएको विज्ञ सम्मेलनले अब एनआरएनमा विज्ञहरुको प्रवेशसँगै एनआरएन नयाँ ढंगले अगाडि बढ्ने विज्ञहरुले प्रतिक्रिया दिनुभएको हो ।

सम्मेलनमा सहभागि अमेरिकामा बस्दै आउनुभएको रवर बैज्ञानीक तिलक भण्डारी विज्ञ सम्मेलन निकै फलदायी र उपलब्धीमूलक भएको बताउनुहुन्छ । एनआरएन स्थापना भएको पन्ध्र वर्षपछि पहिलो पटक विज्ञहरुलाई समेट्ने उद्देश्यले आयोजना गरिएको सम्मेलन निकै फलदायी र विदेशी पूँजीसँगै ज्ञान, सिप र प्रविधि हस्तान्तरणमा सहयोगी बनेको भण्डारीले प्रतिक्रिया दिनुभयो ।

सम्मेलन राम्रो भएपनि यसलाई सरकारले कार्यान्वयनमा लगे मात्र सार्थकता पाउनेछ । हरेक दुई/दुई वर्षमा सम्मेलन हुनु सकारात्मक हो । सरकारले यस्तो सम्मेलनलाई कती महत्व दिन्छ र कार्यान्वयनमा लग्छ भन्ने विषयले सम्मेलनको अर्थ राख्नेछ ।

नेपालमा रवर खेतीसम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको भण्डारीले अब एनआरएनमा विज्ञहरुको प्रवेश भएको र विज्ञहरु भित्र्याउने अभियान शूरु भएको बताउनुभयो । एनआरएन अभियानमार्फत नै विदेशी ज्ञान, सिप र प्रविधि नेपालमा भित्र्याउन सकिने एक मात्र फोरम भएको उल्लेख गर्दै पहिलो सम्मेलनले समेट्न नसकेका र सम्पर्क मा नरहेका विज्ञहरु पनि विस्तारै यो फोरममा ल्याउनुपर्नेमा जोड दिनुभयो ।

सम्मेलनमा सहभागि अर्का विज्ञ श्रीराम भगत माथे एनआरएनको विज्ञ सम्मेलनप्रति आफू निकै उत्साहीत भएको बताउनुहुन्छ । नेपालमा विदेशी ज्ञान, सिप र प्रविधि भित्र्याउन नसक्दा नेपाल पछाडि परेको बताउँदै विज्ञ सम्मेलनले सम्मृद्ध नेपाल, खुसी नेपाली अभियानलाई सघाउ पुगेको बताउनुभयो । क्याम्बोडीयामा बस्दै आउनुभएको शिक्षा विज्ञ माथेले सम्मेलनमा शिक्षा सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

नेपालमा शिक्षा क्षेत्रको बृहत्तर विकास नगरी सम्मृद्ध नेपालको कल्पना गर्न नसकिने बताउँदै शिक्षा गुणस्तरीय हुनुपर्ने खाँचो औल्याउनुभयो । शिक्षामा विभेद हुन नहुने र सबैलाई समान शिक्षा दिएर शिक्षाको माध्यमबाट नैतिक ज्ञान दिन भने अत्यन्तै आवश्यक भएकोमा जोड दिनुभयो । क्याम्बोडीयाको उदाहरण पेश गर्दै माथेले दुई वर्षमा सो देशले शिक्षामा फड्को मारेको बताउनुभयो । उहाँले सम्मृद्ध नेपाल र सुखी नेपाली बनाउनको लागि गुणस्तरीय शिक्षा आवश्यक भएको बताउँदै नेपालले विदेशी अनुभवबाट पाठ सिक्न जरुरी रहेको बताउनुभयो । उहाँले सम्मेलनले अझै धेरै विज्ञहरुलाई समेट्दै लैजानुपर्ने बताउँदै एनआरएनमार्फत ज्ञान, सिप र प्रविधि भित्र्याउने बताउनुभयो ।

सम्मेलनमा कोरियाबाट सहभागि शेर बहादुर तामागं पनि पहिलो विज्ञ सम्मेलनले आफू निकै उत्साहीत भएको बताउनुहुन्छ । इनभारोमेन्ट ईन्जिनियर तामागं एनआरएनको विज्ञ सम्मेलनले विज्ञहरुलाई समेट्ने कार्य गरेकोमा खुसी ब्यक्त गर्नुभयो । उहाँले कोरियाको अनुभव नेपालको लागि निकै उपयुक्त रहेको भन्दै एनआरएनले गरेको सम्मेलन राम्रो भएपनि यसलाई सरकारले कार्यान्वयनमा लगे मात्र सार्थकता पाउने बताउनुभयो । हरेक दुई दुई वर्षमा सम्मेलन हुनु निकै राम्रो भएपनि सरकारले यस्तो सम्मेलनलाई कती महत्व दिन्छ र कार्यान्वयनमा लग्छ भन्ने विषयले सम्मेलनको अर्थ राख्ने बताउनुभयो । उहाँले एनआरएनमा विज्ञहरुको पनि प्रवेश गराउने अभियान शूरु भएकोमा अब विज्ञहरु विस्तारै एनआरएन फोरममार्फत ल्याउनुपर्ने बताउनुभयो ।

समाजिक वन विज्ञान विज्ञ कृष्णप्रसाद पोखरेल एनआरएनलाई लाग्दै आएको ब्यापारीको संस्था अब त्यो अवस्थाको अन्त्य भएको बताउनुहन्छ । पहिलो विज्ञ सम्मेलनले एनआरएन अब ब्यापारी मात्र नभई विज्ञहरुको पनि संस्था रहेको अनुभव गरेको पोखरेलको प्रतिक्रिया छ । विदेशी ज्ञान, सिप र प्रविधि भित्र्याएर नेपालको आर्थिक सम्मृद्धि गर्न सकिने र विस्तारै अन्तराष्यिटय बजारमा पुर्याउने काममा सघाउ पुग्ने बताउनुभयो । पहिलो विज्ञ सम्मेलन भएकाले सम्मेलनमा ब्यवहारिक भन्दा बढी सैद्धान्तिक कार्यपत्र प्रस्तुत भएपनि आगामी दिनमा परिस्कृत हुँदै जाने धारणा राख्नुभयो ।

सम्मेलनमा सहभागि धेरैजसो विज्ञहरुले विश्वभरी छरिएर रहेका विज्ञहरु समेट्ने कार्यको थालनी भएकोमा खुसी ब्यक्त गर्नुभएको छ । तर विज्ञहरुले एनआरएन ब्यापारीको मात्र संस्था बनाउन नहुने सुभाव भने दिनुभएको छ । नेतृत्व तहमै विज्ञहरुको खाँचौ रहेको र एनआरएनमार्फत नेपालमा विदेशी ज्ञान, सिप र प्रविधि भित्र्याएर आर्थिक सम्मृद्धि गर्नुपर्ने धारणा राख्नुभएको थियो । दुई दिनसम्म चलेको सम्मेलनमा विभिन्न देशबाट सहभागिले १६० वटा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

एनआरएन विज्ञ सम्मेलनका संयोजक एवं आइसिसी उपाध्यक्ष कुमार पन्तले विज्ञ सम्मेलन भब्य रुपमा सम्पन्न भएको बताउनुभयो । एनआरएनमा विज्ञ सम्मेलनको प्रस्ताव विगतदेखि नै आफूले राखेको बताउँदै लामो समयको प्रयासपछि पहिलो विज्ञ सम्मेलन सफल भएको बताउनुभयो । एनआरएनलाई फरक तरिकाले लैजानुपर्छ भन्ने उद्देश्यले विगतदेखि आफूले यस्तो प्रस्ताव राखिएको उपाध्यक्ष पन्तको भनाई छ । उपाध्यक्ष पन्तले एनआरएनमा अब विज्ञहरुको प्रवेश शूरु भएको बताउनुभयो । नेपालको आर्थिक सम्मृद्धिलाई टेवा पनि पुग्ने र एनआरएनमा विज्ञहरुलाई समेट्न हरेक दुई/दुई वर्ष आयोजना हुने बताउनुभयो । उहाँले सम्मेलनसँगै अब एनआरएनको नेतृत्व तहमै विज्ञहरु आउने विश्वास ब्यक्त गर्नुभयो ।

‘विश्वभरी बसोबास गरिरहनु भएको नेपाली विज्ञहरु हरेक क्षेत्रमा रहेको पाइएको छ, कतीपय एनआरएनमा टच नै नभएका विज्ञहरु पनि सम्मेलनमार्फत समेटीनु भएको छ’, उहाँले भन्नुभयो, ‘पहिलो भएकाले सबैलाई समेट्न नसकिएको पनि हुन सक्छ । अब विस्तारै यो अभियानको थालनीले सम्र्पकमा नआएका विज्ञहरु आगामी सम्मेलनमा समेटने प्रयास गर्नेछौ ।’ उहाँले अब हरेक दुई दुई वर्षमा सम्मेलन हुने बताउँदै कहाँ कहाँ नेपाली विज्ञहरु छन भनेर एनआरएनले खोज्दै जाने जानकारी गरानुभयो ।

विदेशी ज्ञान, सिप र प्रविधि हस्तान्तरणमा विशेष जोड दिर्दै आयोजना गरिएको सम्मेलनले यतिबेला विश्वभर चासो बढ्न थालेको छ । सम्मेलनमा विश्वभरीका करिव चार सय जना विज्ञहरुको उत्साहजनक सहभागिता रहेको सम्मेलनका अर्का संयोजक हेमराज शर्माले बताउनुभयो । संयोजक शर्माका अनुसार सम्मेलनका विभिन्न सत्रमा १ सय ६० वटा कार्यपत्र प्रस्तुत गरिएको थियो ।

October 15, 2018मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *