जनता टाइम्स

४ भाद्र २०७७, बिहीबार १८:५८

काठमाडौंका यी स्थानमा विहिवार देखियो कोरोना


काठमाडौं, भदौ ४

काठमाडौंमा पछिल्लो पटक १७४ जना कोरोना संक्रमित फेला परेका छन् । स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का अनुसार, पछिल्लो २४ घण्टामा थपिएका संक्रमितहरु काठमाडौंको हात्तिगौडा, पेप्सीखोला, चन्द्रागिरि, रातोपुल, दक्षिणकाली, किर्तिपुर, बुढानिलकण्ठ, बत्तिसपुतली, प्रयागमार्ग, कागेश्वरी लगायत स्थानका रहेका छन् ।

काठमाडौंका लगभग सबैजसो ठाउँमा छिटफुट कोरोना संक्रमित भएको ईडीसीडीले जनाएको छ । इडीसीडीका अधिकारीहरु प्रयोगशालाबाट संक्रमितको ठेगाना, सम्पर्क नम्बर सहितको सुचना नआउँदा पूर्ण विवरण राख्न समस्या परेको बताउँछन् ।