जनता टाइम्स

१३ जेष्ठ २०७६, सोमबार १०:५३

गुडिरहेको ट्रकमा विप्लवका कार्यकर्ताले प्रहार गरे बम


नवलपरासी 

नेत्र विक्रम चन्द समूहका कार्यकर्ताले महेन्द्रराजमार्गमा गुडिरहेको ट्रकमा बम प्रहार गरेका छन् । बम प्रहारबाट ट्रक चालक घाइते भएका छन् । सोमबार बिहान २ बजे दाउन्ने दाट नारायणगढ तर्फ सिमेन्ट बाकेर आउँदै गरेको लु २ ख १०८ नम्बरको ट्र्रकमा अरुणखोलाको जंगलमा बम प्रहार भएको प्रहरीले जनाएको छ ।

बम प्रहार पछि ट्र्रक जलेर नष्ट भएको, चालक दमौलीका ३३ वर्षीय अमर विकको शरीर जलेको अरुणखोला प्रहरी कार्यालयका इन्चार्ज सुन्दर गुरुङ्गङ्गे जानकारी दिनुभयो । त्यस्तै, डण्डामा पनि गुडी रहेको जिपमा आगजनी भएको छ । आगजनीबाट जिपमा सामान्य क्षति पुगेको छ । बन्दका कारण जिल्लाको जनजीवन प्रभावित भएको छ भने स्थानीय त्रसित बनेका छन् ।