जनता टाइम्स

७ भाद्र २०७७, आईतवार १६:२३

२४ घण्टामा काठमाडौं उपत्यकामा थपिए १६६ कोरोना संक्रमित : कुन जिल्लामा कति थपिए नयाँ संक्रमित ?


काठमाडौं, भदौ ७ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले आज आयोजिति नियमित अपडेटमार्फत गत २३ घण्टामा १ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो । प्राडा गौतमका अनुसार संक्रमितमध्ये काठमाडौंमा १ सय २६, ललितपुरमा १२ र भक्तपुरमा २८ जना रहेका छन ।