जनता टाइम्स

७ भाद्र २०७७, आईतवार १७:३३

मानवअंग प्रत्यारोपण केन्द्र र ह्याम्समा २, बुटवलमा २ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १५३ पुग्यो


काठमाडौं, भदौ ७

कोरोना संक्रमणका कारण काठमाडौं उपत्यकामा थप २ जनाको मृत्यु भएको छ । केही समयअघि नेपाल मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा १ जना र ह्याम्स अस्पताल मण्डिखाटारमा १ जना कोरोना संक्रमितको मृत्यु भएको हो । नेपाल मानव अंग प्रत्यारोपण केन्द्रमा मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका–११ घर भएका कोरोना संक्रमित ५४ वर्षीय पुरुष रहेका छन् ।

उक्त पुरुषमा मिर्गौलाको समस्या भएपछि आजै केन्द्रमा भर्ना गरिएको थियो । यस्तै ह्याम्स अस्पतालमा ५८ वर्षीय पुरुषको मृत्यु भएको छ । पत्थरीको बिरामी पुरुषलाई साउन ३२ मा अस्पतालमा भर्ना गरिएको थियो । यस्तै रुपन्देहीमा बुटवलमा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १५३ पुगेको छ ।