जनता टाइम्स

५ आश्विन २०७७, सोमबार १५:००

ज्यान जोखिममा परेकी सुत्केरीको गरियो हवाई उद्धार


बागलुङ, असोज ५ । गल्कोट नगरपालिका– ११ रिघा निवासी २५ वर्षीया एक सुत्केरीको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । बच्चा जन्मिएलगत्तै अत्याधिक रक्तस्राव भएपछि ती सुत्केरीको आज उद्धार गरिएको हो ।

रिघाकी गौरी श्रीसलाई बच्च जन्मेपछि निरन्तर रक्तस्राव भएको कारण जोखिम न्युनिकरण गर्न आज विहान हेलिकप्टरबाट उद्धार गरि पोखराको गण्डकी अस्पतालमा पुर्याइएको हो । श्रीसले सोमबार बिहान १ बजे बच्चालाई जन्म दिनुभएको थियो । अत्याधिक रक्तस्रावसँगै ज्वरो र बान्तासमेत भएपछि उहाँलाई तत्कालै पोखरा रिफर गरिएको रिघा स्वास्थ्य चौकी प्रमुख लक्ष्मी घर्ति श्रीसले जानकारी दिनुभयो ।

दुर्गममा रहेका महिलाहरुको ज्यान बचाउने उद्धेश्यले सञ्चालित राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयको समन्वयमा श्रीसको उद्धार गरिएको हो । राष्ट्रपति महिला उत्थान कार्यक्रम दुर्गम क्षेत्रका महिलाका लागि बरदान सावित हुँदै आएको छ ।