जनता टाइम्स

१५ जेष्ठ २०७६, बुधबार १२:३९

प्रधानमन्त्रीलाई मानार्थ विद्यावारिधिको उपाधि प्रदान


काठमाडौं 

प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण कोरियाली विश्वविद्यालयको ‘मानार्थ विद्यावारिधि’ उपाधि ग्रहण गर्नुभएको छ । नेपाली सेनाको सानो भर्‍याङस्थित स्वास्थ्य विज्ञान संस्थानमा आयोजना भएको कार्यक्रममा दक्षिण कोरियाको काङनाम युनिभर्सिटीले प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति ओलीलाई मानार्थ उपाधि प्रदान गरेको हो ।

प्रधानमन्त्री ओलीले आफ्नो जीवनको लामो कालखण्ड राजनीतिमा समर्पण गरेको, माआवादीलाई शान्तिपूर्ण बाटोमा ल्याउन, देशमा गणतन्त्रस्थापना गर्न लगायका राजनीतिक कदममा सफता हासिल गरेको भन्दै विश्वविद्यालयले विद्यावारिधि प्रदान गरेको हो ।

काङनाम युनिभर्सिटीका प्रेसिडेन्ट सिनिल युनले प्रधानमन्त्रीलाई उपाधि दिनुभयो । ओलीले ग्रहण गर्नुभएको यो चौथो मानार्थ विद्यावारिधि उपाधि हो । ओलीलाई पहिलो पटक प्रधानमन्त्री हुँदा भारतमा मानार्थ विद्यावारिधि प्रदान गर्दै सम्मान गरिएको थियो ।