जनता टाइम्स

९ आश्विन २०७७, शुक्रबार १६:३१

२४ घण्टामा ६ जना कोरोना संक्रमितको मृत्यु, मृतक संख्या ४५९ पुग्यो


काठमाडौं, असोज ९

कोरोना भाइरसका कारण पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका ६ जनाको मृत्यु भएको हो । योसँगै हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ४५९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका ३ महिला र ३ जना पुरुष सहित ६ जनाको मृत्यु भएको हो । यो संक्रमित हुनेहरुबाट मृत्यु हुनेको संख्या ०.६५ प्रतिशत हो ।