जनता टाइम्स

१४ आश्विन २०७७, बुधबार १६:३०

२४ घण्टामा ७ जना कोरोना संक्रमितको मृत्यु


काठमाडौं, असोज १४

कोरोना भाइरसका कारण पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका ७ जनाको मृत्यु भएको हो । योसँगै हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ४९८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका २ महिला र ५ जना पुरुष गरि ७ जनाको मृत्यु भएको हो । यो संक्रमित हुनेहरुबाट मृत्यु हुनेको संख्या ०.६५ प्रतिशत हो ।