जनता टाइम्स

१५ आश्विन २०७७, बिहीबार १४:३०

गण्डकीमा थपिए ३० नयाँ संक्रमित


पोखरा, असोज १५

गण्डकी प्रदेशमा थप ३० जना नयाँ कोरोना संक्रमित थपिएका छन्। क्षयरोग उपचार केन्द्र पोखराको प्रयोगशालामा गरिएको नमुना परीक्षणमा थप ३० जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा. विनोद विन्दु शर्माका अनुसार ४ जिल्ला कास्कीका १६, स्याङ्जाका ३, वागलुङका ६ र नवलपरासीका ५ जना छन् ।

बाग्लुङ निसिखोलाका तिनैजना भारतबाट र गल्कोट(४ का २७ बर्षीय पुरुष रौतहट जिल्लाबाट आएका हुन् । नवलपरासी (ब.सु.पू) जिल्ला, देबचुली–२ का ४३ बर्षीय पुरुष सोहि वार्ड कार्यालयमा कार्यरत हुन् ।

कास्की जिल्ला, पोखरा महानगरपालिका २९ का ४१ बर्षीय पुरुष, वार्ड नं. ३० का २२ बर्षीय पुरुष, वार्ड नं. ३ का ४८ बर्षीय पुरुष, वार्ड नं. १७ का ४५ बर्षीय पुरुष गरि ४ जना भारतबाट आएका हुन् भने पोखरा महानगरपालिका ३० का ४१ बर्षीय पुरुष आयल निगममा कार्यरत हुन् ।

अन्य सबैजना कन्ट्र्याक ट्रेसिङबाट पहिचान भएका हुन् । उनीहरु सबैलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको छ । हालसम्म गण्डकीमा ३ हजार ९४० जनामा कोरोना संक्रमण देखिएको छ ।