Untitled Document

प्रदेशको प्राथमिकता र नतिजा दिने विकास परियोजनामा सहयोग गर्न डिएफआइडीलाई मुख्यमन्त्री पोखरेलको सुझाव

रुपन्देही, मंसिर २

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशको प्राथमिकता, समुदायलाई लाभ पुग्ने र नतिजा दिने विकास परियोजनामा सहयोग गर्न दाृत निकायसँग आग्रह गर्नुभएको छ । बेलायती अन्तराष्ट्रिय सहयोग नियोग (डिएफआईडी) का एशिया क्षेत्रीय प्रमुख पिटर भवेल्स सहितको टोलीसँग आज भएको भेटबार्तामा मुख्यमन्त्री पोखरेलले सो आग्रह गर्नुभएको हो ।

भेटमा टोलीले प्रदेश सरकारका प्राथमिकता र सहयोगका क्षेत्रबारे जानकारी लिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिनुभयो । छलफलमा मुख्यमन्त्री पोखरेलले प्रदेश सरकारले अहिले कानुन निर्माण र आवधिक योजना निर्माणलाई प्राथमिकता दिएको जानकारी दिनुभयो ।

मुख्यमन्त्री पोखरेलले संभव भएसम्म चालु पयिोजनाका सन्दर्भमा पुनरावलोकन गरी अघि बढ्न र अब नयाँ परियोजना सञ्चालन गर्दा छलफल गरेर अघि बढ्न आग्रह गर्नुभयो ।  डिएफआइडीले नेपालको विकास प्रक्रियामा सहयोग गर्दै आएको र आगामी दिनमा पनि समन्वयात्मक ढंगले काम गर्ने डिएफआईडी एशिया क्षेत्रीय प्रमुख भवेल्सले बताउनुभयो ।

उहाले परिवर्तित सन्दर्भमा विगतको सहयोगलाई अझै व्यवस्थित गर्न इच्छुक रहेको बताउनुभयो । मुख्यमन्त्रीले प्रदेशको प्राथमिकता, समुदायलाई लाभ पुग्ने र नतिजा दिने विकास परियोजनामा सहयोग हुने विश्वास व्यक्त गर्नुभयो । भेटमा डिएफआइडी नेपाल प्रमुख डा. रुरिड मार्सदेन समेत हुनुहुन्थ्यो ।

November 18, 2018मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *