Untitled Document

डिआइजीमा बढुवा सिफारिश : कामकाजी सर्वेन्द्रले गरे सवलाई माथ, धिरुमाथि भयो ठुलै घात

काठमाडौं, असार ३०

गृह मन्त्रालयले नेपाल प्रहरीको १५ जना प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायव महानिरीक्षक (डिआइजी) मा बढुवा सिफारिश गरेको छ । एसएसपी सर्वेन्द खनाललाई पहिलो बरियतामा राखेर बढुवा समितिले डिआइजीमा बढुवा सिफारिश गरेको हो ।

बढुवा समितिका अनुसार खनालले कुल पुणांक सयमा ८४ दशमलव ४७३४ अंक प्राप्त गर्नुभएको छ । यसैगरी दोस्रोमा रमेश खरेल सिफारिश हुनुभएको छ । खरेलले ८३ दशमलव ८५१० अंक प्राप्त गर्नुभएको छ । तेस्रोमा ७८ दशमलव २३११ अंकसहित पुष्कर कार्की, चौथोमा ७८ दशमलव १८५६ अंकसहित उत्तमकुमार कार्की बढुवा सिफारिश हुनुभएको छ । यसैगरी भोगबहादुर थापा ७६ दशमलव १२०३ अंक, पुष्कलराज रेग्मप् ७२ दशमलव ९९२४, पवनप्रसाद खरेल ७२ दशमलव ९२९१ छबिलाल जोशी ७२ दशमलव ५८४६, मनोज न्यौपाने ७२ दशमलव ५८४६ अंक प्राप्त गरी बढुवा सिफारिशमा पर्नुभएको छ ।

यस्तै ज्ञानबिक्रम शाह ७२ दशमलव ३६६८, ठुले राई ७२ दशमलव ११९२, शरद चन्द ७२ दशमलव ००५४, धिरु बस्नेत ७१ द्यशमलव ९९८१, पुष्पचन्द्र रञ्जित ७१ द्यशमलव ९८६३ र सुरेश बिक्रम शाह ७१ द्यशमलव ०५७९ अंक प्राप्त गरी बढुवा हुनुभएको छ ।

बढुवा समितिले एसएसपी धिरु बस्नेतलाई बढुवा नगर्न सकेसम्मको प्रयाश गरेको पाइएको छ । स्रोतका अनुसार प्रहरी महानिरीषक प्रकाश अर्यालदेखि गृहसचिव लोकदर्शन रेग्मी, गृहमन्त्री जनार्दन शर्मा र प्रधानमन्त्री शेरबहादुर देउवा बस्नेतलाई बढुवा नगर्ने योजनामा रहनु भएको थियो । सोही कारण राम्रो काम गर्दा पाएको अंकसमेत घटाएर बढुवा समितिले बस्नेतलाइृ माइनस गरेपनि रञ्जित र शाह भन्दा माथि नै देखिएपछि बढुवा सिफारिश गरिएको हो ।

बस्नेतलाई मध्यपश्चिम क्षेत्रमा रहँदा तस्करसँग परेको टक्कर र नेपालगञ्ज भन्सारमा भएको तस्करी नियन्त्रणपछि तस्करको एउटा समुह नै बस्नेतलाई बढुवा हुन नदिन प्रधानमन्त्री देउवादेखि प्रहरी महानिरीक्षकसम्म पुगेको थियो । सो समुहले नेपालको सवै बोर्डर क्षेत्रमा आफ्नो धन्दा चलाउने गरेको छ ।

बढुवामा कामकाजी खनाललाई पहिलो, खरेललाई दोस्रो र पुष्कर कार्कीलाई तेस्रो नम्बरमा सिफारिश गरेर राम्रो देखाए पनि छानीछानी बदला लिने काम भएको छ । एसएसपी दिनेश अमात्य राम्रो काम गर्ने भएपनि उनको ब्याजी ठुले राई र ज्ञानबिक्रम शाहलाई बढुवा गरी माइनस गरिएको छ । अमात्य बढुवामा परेका दुवै एसएसपी भन्दा अब्बल हुनुहन्थ्यो । जतिसुकै पेले पनि चौथो नम्बरमा पर्ने बस्नेतलाई योजनावद्ध रुपमा डिआइजी नै नबनाउने गृहकार्य भएपनि फाल्न नसकेपछि तेह्रौ नम्बरमा धकेलिएको छ ।

३१ असार २०७४, शनिबार २०:०१मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *