जनता टाइम्स

१६ जेष्ठ २०७६, बिहीबार १२:१७

बजेट प्रति निजी क्षेत्र उत्साहितः बजेट उद्योगिहरुको हितमा


काठमाडौं , जेठ १६

अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक वर्ष २०७६÷७७ का लागि प्रस्तुत गरेको बजेटमा निजि क्षेत्र उत्साहित बनेको छ । धेरै समय देखी उठाउँदै आएका माग सरकारले पुरा गरेको भन्दै निजी क्षेत्र उत्साहित भएको हो ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले हामीले बर्षौदेखि राख्दै आएका मागहरु यसबर्षको बजेटले समेटेको बताउनु भएको छ । उहाँले भन्नुभयो ‘सरकारले सातै प्रदेशमा औद्योगिक क्षेत्र स्थापना गर्ने, पूर्वाधारमा लगानी गर्ने, लगायतका कुराहरु अघि सारेको छ । त्यसले निजी क्षेत्रलाई उत्साहित बनाएको छ । समग्रमा भन्नुपर्दा यो बजेट उद्योगीहरुको हितका लागि ल्याइएको जस्तो देखिन्छ ।’

नेपाल निमार्ण परिसंघका अध्यक्ष हरि भत्त शर्माले बजेटले उद्योगीका लागि केही राहत दिएको बताउनु भएको छ । उद्योग कलकारखानाले आयात गर्ने कच्चा पदार्थ र मेशिनरी सामानमा छुट दिइएको छ त्यो एकदमै राम्रो भएको बताउनु भएको हो । अर्थमन्त्रीले धेरै पपुलिष्ट कार्यक्रम समावेश गरिएको बताउनु भयो ।

त्यस्तै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले निजी क्षेत्रलाई प्रोत्साहित गरेको बताउनु भएको छ । निर्माण, ऊर्जा, पर्यटन क्षेत्रमा निजी क्षेत्रलाई लगानी गर्न प्रेरित गरिएमा खुसी व्यक्त गर्नुभयो । तर उहाँले कर्मचारीको तलब बढेकोले महँगी बढ्न सक्ने बताउनु भएको छ ।

महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले सरकारले निजी क्षेत्रले उठाएका धेरै मागहरु सम्बोधन गरेको बताउनु भएको छ । उहाँले कार्यन्यनको पाटो भने हेर्न बाँकी रहेको बताउनु भएको छ ।

वरिष्ठ उपाध्याक्ष गोल्छाले जग्गा प्राप्तिका लागि सरकारले ठाउँ नै तोकेर व्यवसाय गर्न सहज बनाएको उहाँको भनाई छ । भन्सारमा पनि सरकार सिरियस भएको बताउनु भएको छ । हरेक बजेटले अटोमोवाइल क्षेत्रमा कर बढाउने गरेको तर यो बजेटले कर नबढाएकोमा उनले खुसी व्यक्त गनुभयो ।

उहाँलाई ८ प्रतिशत भन्दा माथिको वृद्धिदर ठूलो विदेशी लगानी नल्याउने हो भने संभव नहुने बताउनु भएको छ ।