जनता टाइम्स

१६ जेष्ठ २०७६, बिहीबार १२:१९

रंगशाला भत्काउने कार्यकर्तालाई नेकपाले लियो एक्सन : पार्टी सदस्यबाट निलम्बित


चितवन 

निर्माणाधिन क्रिकेट रंगशालाको बार भत्काउने कार्यकर्तालाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कारवाही गरेको छ । नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले राजधानीमै उद्घाटन गरेको सो निर्माण कार्यको नेकपाकै कार्यकर्ताले डोजर लिएर भत्काएका थिए ।

निर्माणधिन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको बार भत्काउने स्थानीय नेता प्रकाश कँडेललाई नेकपाले निलम्बन गरेको हो । पार्टीले त्यही घटनामा संलग्न भैरव बस्ताकोटीलाई दुई महिनाका लागि पार्टी सदस्यबाट निलम्बन गरिएको जनाएको छ । जिल्ला अध्यक्ष यमबहादुर परियार इन्द्रजित’द्वारा विहीबार जारी विज्ञप्तीमा घटनामा संलग्न सबैलाई कानुनी कारवाही गरी क्षतिपूर्ती भराउन माग गरेको छ । नेकपाले धुर्मुस सुन्तली फाउण्डेशनलाई यस्ता घटनाबाट विचलित नहुन आग्रह गर्दै हरदम साथ र सहयोगका लागि तयार रहेको प्रतिवद्धता जनाएको छ ।