जनता टाइम्स

१६ जेष्ठ २०७६, बिहीबार १४:४८

प्रधानमन्त्री ओली दिल्ली प्रस्थान, यस्तो छ २४ घण्टे दिल्ली बसाईको सेड्युल


काठमाडौं, जेठ १६

प्रधानमन्त्री केपी शर्मा ओली भातर प्रस्थान गर्नुभएको छ । भारतका नवनिर्वाचित प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा भाग लिन प्रधानमन्त्री ओली आज नयाँदिल्ली प्रस्थान गर्नुभएको हो ।

मोदीले आफ्नो शपथ ग्रहण समारोहमा सहभागी हुन निम्ता गरेपछि प्रधानमन्त्री ओलीले आफू भारतको औपचारिक भ्रमणमा आउने जानकारी पठाउनु भएको थियो । सोही अनुसार प्रधानमन्त्री ओली आज दिल्ली जानुभएको हो । परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओली भोलि शुक्रबार नेपाल फर्कनुहुनेछ । नयाँदिल्लीमा रहँदा प्रधानमन्त्री ओलीले भारतका उच्चस्तरका नेता तथा अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रमसमेत तय भएको छ ।

प्रधानमन्त्री ओलीले भारतका नवनियुक्त प्रधानमन्त्री मोदीसँग कुराकानी गर्नुहुनेछ । कुराकानीका क्रममा नेपाल भारत सम्बन्ध नयाँ उचाईमा पुर्याउने बिशेष प्याकेजबारे छलफल हुने परराष्ट्र स्रोतको भनाई छ । भारतीय प्रधानमन्त्री मोदीको अघिल्लो कार्यकालको शपथग्रहण समारोहमा तत्कालीन प्रधानमन्त्री सुशील कोइराला (स्वर्गीय) सहभागी हुनुभएको थियो ।

मोदीले यसपटक आफ्नो शपथग्रहण समारोहमा नेपालसहित छिमेकी पाँच राष्ट्रका कार्यकारी प्रमुखलाई निम्ता दिनुभएको थियो । सोही निम्तो मान्न प्रधानमन्त्री ओली दिल्ली जानुभएको हो । दिल्लीको २४ घण्टा बसाईलाई नेपालको हितमा ढाल्न प्रधानमन्त्री ओलीले भरपुर सदुपयोग गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

अर्वपति व्यापारी तथा सांसद चौधरीलाई पनि निम्तो

भारतीय प्रधानमन्त्रीमोदीको सपथग्रहण कार्यक्रममा भाग लिन अर्वपति नेपाली व्यापारी तथा सांसद विनोद चौधरीलाई पनि औपचारिक निमन्त्रणा पठाइएको छ । निम्तो आएपछि चौधरी पनिसपथ ग्रहणमा भाग लिन दिल्ल जानुभएको छ । सन् २०१४ मा मोदीको पहिलो प्रधानमन्त्री कार्यकालका लागि सपथ ग्रहण समारोहमा पनि चौधरीलाई निमन्त्रणा गरिएको थियो । यसपटक पनि उहाँलाई बोलाइएको हो ।