जनता टाइम्स

१७ जेष्ठ २०७६, शुक्रबार ०८:२२

प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता , भ्रमणको औपचारिक निम्तो दिने


काठमाडौं, १७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज भेटवार्ता हुँदैछ । नयाँदिल्लीमा रहनुभएका ओली र मोदीबीच बिहान पौने १२ बजे भेटवार्ता हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटवार्तामा द्विपक्षीय हितका बारेमा महत्वपूर्ण छलफल हुने बताइएको छ । भेटमा प्रधानमन्त्री ओलीले भारतीय समकक्षीलाई नेपाल भ्रमणको औपचारिक निम्तोसमेत दिने सम्भावना छ। प्रधानमन्त्रीको रुपमा मोदीको दोश्रो कार्यकालको शपथ ग्रहण समारोहमा सहभागी हुन ओली १६ जेठमा दिल्ली पुग्नुभएको हो । ओली विहीवार बेलुकी भारतीय राष्ट्रपतिले सरकार प्रमुखहरुका लागि आयोजना गरेको रात्रि भोजमा सहभागी हुनुभएको थियो । मोदीसँगको भेटवार्तापछि प्रधानमन्त्री ओली आजै स्वदेश फर्कने कार्यक्रम रहेको छ ।