जनता टाइम्स

१७ जेष्ठ २०७६, शुक्रबार १४:५७

जनप्रतिनिधि नै घुससहित परे पक्राउ


महोत्तरी

एकडारा गाउँपालिकाका जनप्रतिनिधि नै घुसको रकमसहित पक्राउ परेका छन् । एकडारा– ४ निर्वाचित वडा सदस्य राम चन्द्र राय (यादव) अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका हुन् ।

गाउँपालिकाको बजेटबाट निर्माण हुने धर्मशालाको रकम निकासा गराउन सहज गराई दिन भनी सेवाग्राहीसँग घुस लिएको अवस्थामा पक्राउ परेका हुन् । आयोगको कार्यालय बर्दिवास, महोत्तरीबाट खटिइ गएको टोलीले वडा सदस्य यादवलाई सेवाग्राहीसँग छत्तीस हजार घुस बापतको रकम लिइसकेको अवस्थामा उक्त घुस रकम सहित जलेश्वर नगरपालिका–१ स्थित सैलेश चोकबाट रङ्गेहात नियन्त्रणमा लिई अनुसन्धान भैरहेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।