जनता टाइम्स

१९ कार्तिक २०७७, बुधबार १४:४२

महरापत्नी सीताको पशुपति आर्यघाटमा अन्त्येष्टि, प्रधानमन्त्रीद्वारा दुःख व्यक्त


काठमाडौं,कात्तिक १९

प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वसभामुख कृष्णबहादुर महराकी श्रीमती सीताको आज बिहान नर्भिक अस्पतालमा भएको निधनबाट आफूलाई अत्यन्त दुःख लागेको बताउनुभएको छ । आज बिहान ट्वीट गर्दै प्रधानमन्त्रीले दिवङ्गत सीताप्रति श्रद्धाञ्जलि अर्पणका साथ प्रतिनिधिसभाका सदस्य महरासहित शोकाकूल परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ ।

यसैबीच, उहाको पशुपति आर्यघाटस्थित विद्युतीय शव दाहगृहमा अन्त्येष्टि गरिएको छ । सीता महराको पार्थिव शरीरमाथि पूर्वसभामुख महरा, छोराहरू निर्मल, राहुल, आफन्तजन एवं अन्यले अन्तिम श्रद्धाञ्जली व्यक्त गर्नुभएको थियो ।