जनता टाइम्स

१९ कार्तिक २०७७, बुधबार २२:१३

युवालाई सही बाटामा डो¥याउन स्काउटसँग मुख्यमन्त्री राईको आग्रह


विराटनगर, कात्तिक १९

प्रदेश-१ का मुख्यमन्त्री शेरधन राईले नेपाल स्काउटले युवालाई सही बाटामा डो¥याउनुपर्ने बताउनुभएको छ । नेपाल स्काउट प्रदेश तदर्थ समितिको आज यहाँ आयोजित शपथ ग्रहण समारोहमा उहाँले युवालाई मुलुकमा रहेका कुरीति, कुसंस्कार आदि न्यूनीकरण गरी राष्ट्रिय जागरण ल्याउने प्रेरणा दिन स्काउटसँग आग्रह गर्नुभयो ।

स्काउट प्रदेशका प्रमुख तथा सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रदेश तदर्थ समितिका संयोजक रवि खनालसहित सदस्यलाई पद तथा गोपनीयताको शपथ गराउँदै स्काउटको विधानानुरुप अगाडि बढ्न आग्रह गर्नु भयो । नेपाल स्काउटले खनालको संयोजकत्वमा १३ सदस्यीय प्रदेश स्काउट तदर्थ समिति गठन गरेको छ ।