जनता टाइम्स

१७ जेष्ठ २०७६, शुक्रबार १७:०२

आगमि वर्षको बजेटः ‘सहकारीमैत्री’ आएकोमा हर्षित


काठमाडौं, जेठ १७

सहकारी विभागका रजिष्ट्रार डा.टोकराज पान्डेले आगामी बर्षको लागि आएको बजेट सहकारीमैत्री र रोजगार सिर्जनामा प्राथमिकता दिने खालको आएको बताउनु भएको छ ।

उहाँले सहकारीताको माध्यमबाट उत्पादनसँग जोड्नको लागि नीतिगत व्यवस्था गरेको भन्दै बजेटको प्रभावकारी कार्यान्वयनका लागि सबैक्षेत्र लाग्नुपर्ने बताउनु भयो ।

शुक्रबार सहकारी पत्रकार समाज र सहकारी विभागको संयुक्त आयोजनामा गरिएको कार्यक्रममा उहाँले सहकारीले इनोभेसनलाई प्राथमिकता दिएको देखिदैन यो बजेटले इनोभेसनको लागि पनि जोड दिएका डा.पाण्डेले बताउनु भएको छ ।

त्यसैगरी राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडालले बजेटमा महासंघले दिएको सुझाव अनुरुप नै कार्यक्रमहरु समावेश भएको बताउनु भएको छ । उहाँले कृषि लगायतका अन्य सहकारीहरुलाई कर नलाग्ने भएपनि वित्तिय सहकारीको हकमा कर लाग्ने भएकोले महासंघले कर घटाउनका लागि अर्थमन्त्रीलाई आग्रह गरेको बताउनु भयो ।

उहाँले सहकारीले आर्थिक रुपमा मात्र नभएर सामाजिक, सांस्कृतिक लगायका अन्य कुराहरुमा पनि योगदान दिएको दावी गर्दै सहकारी धेरे भएको ठाउँमा गरिवी पनि कम भएको स्पष्ट पर्नुभयो ।

कार्यक्रमा सहकारी बैंकका अध्यक्ष केबी उप्रेतिले यो बजेटमार्फत सहकारी पर्यटन, उतपादनमुलक र स्वस्थमा पनि प्रत्यक्ष लगानीको लागि बाटो खोलिदिएको बताउँदै अब ऐन कानुनमा पनि संशोधन हुनुपर्ने बताउनु भयो । उहाँले बजेटमा हरेकक्षेत्रमा साझेदारी ढंगले अडाडि बढ्ने उल्लेख गरेकोमा खुसिव्यक्त गर्नुभयो ।