Untitled Document

प्रधानन्यायाधीश पराजुलीको घोषणा : न्याय सम्पादन छिटो र प्रभावकारी बनाउन भूमिका खेल्छु

काठमाडौ, साउन २

प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले न्याय सम्पादन कार्यलाई प्रभावकारी र छिटो छरितो बनाउन भूमिका खेल्ने बताउनु भएको छ ।

सपथ ग्रहण लगत्तै पदभार ग्रहणका लागी सर्वोच्च अदालत पुग्नु भएका प्रधानन्यायाधीश पराजुलीले संचारकर्मीसग कुरा गर्दै न्यायलाई असाह्य र विपन्न वर्गको पहुचसम्म पुर्याउने बताउनु भयो । उहाले न्याय सम्पादन कार्यलाई प्रभावकारी र छिटो छरितो बनाउन न्यायाधिशहरुलाई ओभरटाइमको पनि व्यवस्था गर्न लागेको जानकारी दिनुभयो ।

अतिरिक्त समयमा न्यायाधीशले ऐच्छिक रुपमा काम गर्ने भन्ने करिव करिव सहमति भएको भन्दै उहाले अतिरिक्त काम गरेर भएपनि जनतालाई सेवा दिन न्यायलय लालायित भएको बताउनु भयो । प्रधानन्यायाधीश पराजुलीले ३९ बुँदे कार्ययोजना अनुसार अघि बढ्दै न्यायपालिकालाई स्मार्ट बनाउने प्रतिवद्धता ब्यक्त गर्नुभयो । बार र बेञ्चबीच सहकार्य गर्दै अघि बढ्ने उहाँको भनाई थियो ।

न्यायाधीश दीपकराज जोशीलाई आफ्नो उत्तराधिकारी बताउदै उहाले आफू आग्रह पूर्वाग्रहबाट परिचालित नहुने र आफ्नो उद्देश्यप्रति प्रष्ट रहेको दाबी समेत गर्नुभयो । आफ्ना व्यक्तिगत र ठूला योजना नभएको भन्दै प्रधानन्यायाधीश पराजुलीले व्यवहारिक र कार्यान्वयन योग्य कार्ययोजना अघि सारिएको स्पष्ट पार्नुभयो ।

July 17, 2017मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *