जनता टाइम्स

१८ जेष्ठ २०७६, शनिबार १८:१२

महिला उद्यमशिलताको विकाससंगै लेखा एंवम करका बिषयमा ज्ञान आवश्यकः अध्यक्ष श्रेष्ठ


काठमाडौ, जेठ १८

नेपाल महिला चेम्बर र सनराईज बैंक लिमिटेडको संयुक्त आयोजनामा
पुँजीलाई मात्र नभई सिप र प्रविधी प्रयोगमा बैंकको सुविधाको बारेमा कार्यशाला सम्पन्न गरिएको छ ।

बित्तिय लेखा तथा करका बारेमा परामर्श बिषयक एक दिने कार्यशाला जमल स्थित चेम्बर सचिवालयमा आयोजनामा आएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल महिला चेम्बर अध्यक्ष उर्मीला श्रेष्ठले महिला उद्यमीहरुमा उद्यमशिलताको विकाससँगसंगै लेखा एबम करका बिषयमा समेत ज्ञान हासिल गर्न सहजता मिलोस भन्ने अभिप्रायका साथ कार्यशालाको आयोजना गरिएको बताउनु भयो ।

कार्यशालामा सामाजिक उत्तरदायित्व अनुरुप बैकिङ, लेखा, नियम कानुन, लेखा राख्ने, जरिवानाबाट बच्ने तरिका बारे ब्यवसायीलाई जानकारी गराईएको थियो ।

सो अवसरमा सनराईज बैंकले महिला उद्यमीहरुलाई सहजिकरण गर्न पुँजीलाई मात्र नभई सिप र प्रविधी प्रयोगमा बैंकको सुविधाको बारेमा जानकारी दिलाएको थियो । सबै महिला उद्यमीसँग सिप मेहनतका साथै कृयाशिल भए पनि प्रतिफल नपाएकाले शक्तिशाली तत्व जानकारीलाई बैंकले अघि सारेको हो ।

बैंकको ४५ औं कार्यशालामा साधारण उद्यमशिलतामा लाग्ने जो कोहीलाई पनि कुन कुन कुरा कुन कुन क्षेत्रमा उत्प्रेणा गर्ने काम बैंकले गरेको छ ।

साना ब्यवसायीलाई अनुदान दिने, सुविधा दिने, समय तालिका र लगानी बारेको लेखा पुँजी र गैर् पुँजी बारे चेतना दिने काम कार्यशालामा भएको थियो । कार्यशालामा नेपाल महिला चेम्बरका अध्यक्ष उर्मिला श्रेष्ठ, लिमा अधिकारी लगायतका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

त्यस्तै, बैंकका तर्फबाट अधिकृत सुगम पोखरेल, कर्पोरेट बैंकिङ डिपार्टमेन्टका हरिप्रसाद आचार्य लगायतले उपस्थिती जनाएका थिए । कार्यशालामा सहभागी महिला उद्यमीहरुलाई महिला चेम्बरका अध्यक्ष उर्मिला श्रेष्ठले सहभागिताको प्रमाणपत्र वितरण गर्नुभएको थियो ।