Untitled Document

वानेश्वरकी उकुषा गिरीले पहिरिन मिस एशिया नेपाल २०१७ को ताज

काठमाडौं, साउन ४

काठमाडौंको वानेश्वर निवासी उकुषा गिरी मिस एसिया नेपाल २०१’ को ताज पहिरिन सफल भएकी छन । १८ वर्षीया उकुषाले ‘मिस पर्सनालिटी’ टाइटलसहित मिस एशिया नेपाल २०१७ को ताज पहिरिन सफल भएकी हुन ।

उकुषालाई ‘मिस एसिया ग्लोबल’ मा सहभागी भएकी सुप्रभा कुँवरले ताज पहिर्‍याइदिइन् । उनले पुरस्कारस्वरूप ५० हजार रुपैयाँ र आगामी असोज महिनामा श्रीलंकामा हुने मिस एसिया ग्लोबलमा सहभागी हुने अवसर पाएकी हुन ।

नेक्स्ट इभेन्ट इन्टरनेसनल तथा फ्रेन्ड्स इनिसिएटिभद्वारा आयोजित प्रतियोगितामा काभ्रेपलान्चोककी परिक्षा बिष्ट फस्ट रनरअप तथा जानकी श्रेष्ठ सेकेन्ड रनरअप भए । जानकीले मिस पपुलर र मिस बेस्ट ड्रेस टाइटलसमेत जितिन् । नेहा बिष्ट मिस बब्ली र चार्मिङ, सुषमा ठकुरी मिस ट्यालेन्ट, सुमी भट्टराई बेष्ट वाक र कृषा श्रेष्ठ मिस कन्फिडेन्ट घोषित भएका छन ।

४ श्रावण २०७४, बुधबार ०९:१२मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *